विमल पाण्डे २०७६ श्रावण २२, पोखरा ।
नताको सुख दुःख सबैमा साथ दिने वास्तविक मनोभावनालाई सम्बोधन गर्दै परिवर्तनलाई आत्मसात गरेको माक्र्सवादी बिचारबाट ओतप्रोत साहित्य तथा संस्कृतीलाई प्रगतिशील सांस्कृतिक फाँट अथवा प्रगतिवादी साहित्य भनिन्छ ।
नेपालको कठिन राजनीतिक परिस्थितिमा नेपाली प्रगतिशील कलाकारहरुले आफ्नो सिर्जनाका माध्यमबाट जनतालाई
सङगठित विद्रोहमा ऊतार्न महत्वपूर्ण भूमिका खेलेको कुरा प्रष्ट छ । चाहे जहानियाँ शाशन होस या त पञ्चायतकालिन
कालरात्रीको समय होस या त निरङ्कुश राजतन्त्रको शोषणको समयमा होस्, प्रगतिशील कलाकर्मीहरुले एकल एवम्
सङ्गठित रुपमा जनवादी सांस्कृतिक आन्दोलनलाई भुमीगत रुपमै भए पनी अगाडि ल्याउने काम गरे।
सोही सन्दर्भमा चरणबद्ध रूपमा प्रगतिशिल सांस्कृतिक सङ्गठनहरूको निर्माण हुँदै गयो । तर देशका कम्युनिष्ट पार्टीहरूमा आएको विभाजनसङ्गै ति सङ्गठनहरु पनी तितरबितर बन्न पुगे । ति मध्ये धेरै सङ्गठनहरु केही समयका लागि सक्रिय भए । तर केही समय
पश्चात अधिकांश सङ्गठनहरु लोप हुन पुगे । यसको मुख्य कारणहरु धेरै छन । अवको क्रममा हामीले यसका मुख्य दुई कारणको वारेमा बर्णन गरिने छ । आशा गरिएको छ की, यसले नेपाली प्रगतिशील संस्कृतिको बारेमा सबैले बुझ्नका लागि सहयोग पुग्नेछ ।
पहिलो कारण बाह्र शक्ति हो भने, दोस्रो कारण आन्तरिक कमजोरी हो । विगतका कठिन राजनीतिक परिस्थितिमा खुला
रुपमा जनताको गित सङ्गीत, साहित्य पस्किन पुर्ण रुपमा प्रतिबन्ध लगाएको थियो ।
प्रगतिशिल कलाकर्मीहरुलाई प्रशाशनद्वारा प्रक्राउ गर्ने र जेल चलान गर्ने काम हुन्थ्यो । त्यसकारण अधिकांश जनवादी
कलाकारहरू भुमिगत रुपले जनताको घर, आँगनका साथै मझेरीमा पुगेर आफ्नो कला पस्तुत गर्थे । जनताको चेतनामा
परिवर्तन ल्याउन लागी पर्थे । ऊक्त समयमा पनि जनवादी धार समातेका केही कलाकारहरु प्रशासन बिरुद्ध लगातार संघर्ष गर्न सकेनन्र प्रगतिशील सास्कृतिक आन्दोलनबाट टाढा बस्न पुगे ।
२०४६ सालमा पन्चायती ब्यबस्थाको अन्त्यसँगै बहुदलीय व्यवस्था आयो । सम्पुर्ण जनतासंगै क्रान्तिकारी कलाकारहरुमा
पनी ऊत्साह उभार आयो । अव केही स्वतन्त्रताको महसुश पाउने कुरामा कलाकारहरु आशावादी भए । तर साँेचेजस्तो
स्वतन्त्रता मिलेन, निरङ्कुश राजतन्त्रले फेरी पनी कलाकारहरु माथी दमन गरिरह्यो । प्रगतिशिल सास्कृतिक सङ्गठनहरू भुमिगत शैलीमा नै अगाडी बढ्ने बाध्य भए । उनीहरुका रचना माथी प्रतिबन्ध लगाइयो । प्रगतिशिल कलाकर्मीहरुले
निकै नै कठिन अवस्था झेल्नुपर्यो ।
२०५२ सालमा तत्कालीन नेकपा (माओवादी) ले शशस्त्र युद्धको घोषणा गर्यो । १० बर्ष सम्म चलेको ‘जनयुद्ध’ मा
होमिएका सेनाहरुको बिद्रोह एवम ऊत्साहको खुराक तिनै जनवादी गित तथा सङ्गित थियो । यो बिषय जिवित,घाईते
तथा मृत लडाकूहरुको साथमा फेला परेका जनवादी गितका भिसिडी तथा पुस्तकहरुले पुष्टि गर्दछन । ऐतिहासिक दोस्रो
जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्यो । झनझन जनकलाकारहरुमा ऊत्साहको लहर झाङ्गिरहेर आयो ।
अवको राज्य ब्यबस्थावाट जनता तथा प्रगतिशील कलाकर्मीले ठुलो अपेक्षा राखेका थिए । राजतन्त्रको अन्त्य भएपछि कहिले माओवादी,कहिले काग्रेस त कहिले एमालेले सत्ता सन्चालन गरिरहे । कांग्रेस स्पष्ट रुपमा प्रतिगामी शक्ति भएकाले ऊ बाट
कायापलट को सम्भावना थिएन । तर आफुलाई कम्युनिष्ट बताऊने पार्टीहरुले पनी विगतमा आन्दोलनमा होमिनु अगाडि
आफुले गरेका उद्घोष तथा जनताको अपेक्षा अनुरुप काम गर्न सकेनन्।
आफ्नो पार्टीलाई कम्युनिष्ट सिद्धान्त अनुरुप अगाडि बढाउनुको साटो ऊनीहरू दलालीकरणमा चुलुम्मै डुबे, कम्युनिष्ट
बताऊने पार्टीको नेतृत्वमा दलालहरु पुगे र देशलाई भष्टाचार, तस्करी र हत्या–हिंसा लगायतका चङ्गुलमा लगे । विगतमा
जसरी जनसङ्गितको आडमा उनीहरु अगाडि बडेका थिए, बर्तमान अबस्थामा त्यहीँ प्रगतिशील कला सस्कृतिलाई भुलेर
ऊल्टो ऊक्त फाँट माथी प्रहार गर्ने काम उनीहरु बाट नै भयो । जनबादी सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउनुको
साँटो पँुजिबादी एबम्साम्राज्यबादी संस्कृतिको उत्थानमा उनीहरु सक्रिय रहे । आज फेरी पनी उनीहरु सत्ताको मोहमा
रमाउदै गित सङ्गीतका माध्यमबाट जनतालाई सचेत बनाउँदै हिडेका जनकलाकारहरु माथी बर्बर दमन गरिरहेछन् ।
पछिल्लो समयमा जनवादी कलाकार माईला लामाप्रती राज्यको हर्कत यसको ताजा उदाहरणको रूपमा रहेको छ ।
प्रगतिशील साँस्कृतिक आन्दोलन मासिनुको अर्को प्रमुख कारण सङ्गठन भित्रको आन्तरिक पक्ष कमजोर हुनु हो । जबसम्म
सांस्कृतिक कलाकर्मीहरुले प्रगतिवादको महत्व एवम् मर्मलाई हृदयको गहिराइबाट नै ऊत्साहित भएर बुझ्न् सकेका
हुन्छन्, तबसम्म मात्र जनवादी आन्दोलन एकढिक्का भएर अगाडि बढ्छ । र यसो हुँदा मात्र क्रान्तिकारी सांस्कृतिक
आन्दोलनले राम्रो उत्पादन निकाल्न सक्छ । तर वर्तमान पुँजिवादको अबस्थामा यो खालको गतिलाई निरन्तरता दिनु
आफैमा चुनौतीपुर्ण पक्ष हो। धेरै कलाकर्मीहरु केही समयको लागी महान तर अप्ठयारो बाटोमा हिँड्ने साहस गरेता
पनि अन्ततः अधिकांश कलाकर्मीहरु विभिन्न लोभ लालचमा फसेर, अवसरबादी सत्ताका रैतीहरुसँग रमाउदै यही
ब्यबस्थाको जालोमा अल्झिएर प्रगतिशील साँस्कृतिक आन्दोलनलाई धरापमा पार्न सहयोग गरेको पाईंन्छ । यस्ता
कलाकारहरुको लागि सास्कृतिक परिवर्तन भन्दा पनि ब्यक्तीगत सुख र समृद्धिको सपना प्रमुख हुने गर्छ र सिङ्गो
सङ्गठनलाई नै आफ्नो आवश्यकताको खातिर प्रयोग गर्ने गर्छन्।
विभिन्न कालखण्डमा नेपालमा थुप्रै किसिमका प्रगतिशील साँस्कृतिक सष्टा हरु तथा संस्था हरुको जन्म भयो । यसै
सन्दर्भमा अझ प्रगाढ रूपमा जनचेतना जगाउने गरी काम गर्न हरेक परिस्थितिलाई नियाल्दै जनताको सुख र दुःखको
मनमनको सहयात्रीको बन्नको निमित्त २०४३ चैत्र २६ गते काठमाडौं घण्टाघरको फेदमा जनगायक जिवन शर्मा, मणि
थापा, लगायतका केही जनकलाकारहरुले रक्तिम सांस्कृतिक अभियान नामक प्रगतिशील साँस्कृतिक संस्थाको निर्माण
गरे । जसलाई आजसम्म पनी निरन्तरता दिएको अवस्था छ ।
अनेकौ आरोह र अबरोहहरुलाई छिचोल्दै दुखीको बेदनालाई शिरोधार्य गर्ने, न्याय, स्वतन्त्रता र समानताको निम्ति संधैसंधै
आफुलाई समर्पित गर्ने र गित सङ्गीतको माध्यमबाट जनतालाई सचेत बनाउँदै मानव मुक्तिको सुनौलो यात्रा तय गर्दै
आफ्नो पाईला अगाडी बढाईरहेको सङ्गठन हो रक्तिम । रक्तिम किरणले अन्धकार भूमिलाई उज्यालो प्रकाश दिएर सबै
अन्धकारमा रुमलिएका दुखीहरुलाई वास्तबिक मानव सौन्दर्य बोध गराउन हरपल काम गरिरहेको छ । अर्थात्रक्तिम
भन्ने वित्तिकै बहुआयामिक जनआकांक्षाको पर्चावाची भन्ने बुझिन्छ । चाहे एऊटा युद्धमा होमिएको सिपाही होस यात
हलो जोत्ने किन किसान होस अथवा घाँस काट्ने घाँसी देखी भारी बोक्ने भरिया किन नहोस हरेकले रक्तिमका गित
सङ्गितलाई माया गर्ने गर्छन ।
तिनै गित सङ्गीत रुपी कोषेलीहरुले उनीहरुलाई सफलता र बिद्रोहको नयाँ मार्ग निर्देशन गरिरहेका हुन्छन् । यसलाई
रक्तिम सांस्कृतिक अभियानको गहनाको रुपमा लिन सकिन्छ । रक्तिमलाई यो अबस्थामा ल्याउनका लागि थुप्रै थुप्रै
सांस्कृतिक योद्धाहरुको अतुलनिय योगदान रहेको छ । विशेषगरी रक्तिम अभियानलाई जन्माउने समय देखि नै निरन्तर
रुपमा यसलाई नेपाली जनताको सांस्कृतिक आन्दोलनको आस्थाको धरोहर आदरणिय जनवादी गायक जीवन शर्माले
नेतृत्व गर्दै आउनु भएको थियो । मणी थापा, झोकेन्द्र थापा, नारायण योगी, राजेश बि.क, रेम राना, दल ब बिक, दल
ब भण्डारी, मान ब भण्डारी, नारायण शर्मा, भरत श्रेष्ठ, निलिमा पुन, लक्ष्मी गुरुङ, तेजेन्द्र थापा, नबिना कुँवर, गिता
थापा, लक्ष्मी रिजाल, धन ब थापा, सुमन रोका, ओम श्रीष, ज्योति फौजा लगायतका अन्य कलाकारहरुको समेत भुल्नै नसकिने योगदान रहेको छ ।
स्थापना काल देखी नै बिभिन्न अवसरवादी भड्कावको बिरुद्ध सम्झौताहीन संघर्ष गर्दै आएको रक्तिम अभियानले कठिन
परिस्थितिमा पनी आफ्नो सङ्गठनको क्रान्तिकारी गतिलाई जनताको बिचबाट र रक्तिम अभियानको मुलभूत सिद्धान्तबाट
कहिल्यै विचलित हुन दिएन । तर चौथो राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको समयमा रक्तिम अभियानको
जन्मदातालाई एकाएक रक्तिम सास्कृतिक आन्दोलनको मुल प्रवाहमाबाट निकालिएको समाचार नेकपा (मसाल) का
महामन्त्री मोहनविक्रम सिंह द्वारा प्रकाशित एक बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्मेलनको दुई दिन अगाडि एऊटा जिम्मेवार पार्टीले संस्थाको जन्मदातालाई मुलप्रवाहबाट बाहिर ल्याउनु कति ठिक
वा कती बेठिक हो ? आम जनताले विश्लेषण गरेका छन्। यसको बारेमा मैले मुल्याङ्कन गर्नु भन्दा आम जनभावनाको
कदर गर्नु नै वेश हुनेछ ।
रक्तिमलाई फलाऊन फुलाऊन आफ्नो रगत र पसिना खर्चेर आफ्नो जिवनलाई समेत संस्थाको
हकहितकोखातिर समर्पित गरेका कैंयौ योद्धाहरुलाई पनी बिडम्बना नै भनौ आज रक्तिमको मुल प्रवाहबाट बाहिर राखेर,
केही अवसरवादको चङ्गुलमा फसेका र ब्यक्तीगत स्वार्थमा रमाऊनेरुलाई समेत नेतृत्वमा लिएर रक्तिम अभियानको
गर्विलो ईतिहासलाई मेटाउने प्रयास कता कता हुन थालेको आम जनमानसमा महसुश हुन थालेको छ ।
कमजोर खेतमा धर्मको बाली राम्रो संग फल्छ भने जस्तै आज कमजोर सांस्कृतिक अबस्था र आन्दोलनका साथै पार्टी
समेत कमजोर रहेको अबस्थामा ब्यक्तीगत स्वार्थबाट ओतप्रोत भएका र यथास्थितिमा रमाऊनेहरुलाई लिएर तपाई हामी
जनमुक्तिको सुन्दर यात्रामा पुग्न सक्दैनौ । यसकारण जनताको भावना र बास्तबिकतामा आधारित रहेर हामीले निर्णय
लिन सकेनौ भने हाम्रो ईतिहास कतै मेटिने त होईन अथवा ईतिहासको पानामा मात्र सिमित हुने त होईन । गम्भीर
सवालको रुपमा यो बिषय उठेको छ । यसकारण हामी सचेत बनांै । आलोचनात्मक चेतको सही प्रयोग गरौं । द्वन्दात्मक
स्थितिलाई बुझौं र आफ्नो लक्ष्यको सुनौलो यात्रालाई समय मै पुरा गरांै। अन्यथा, सबै उदेश्य दाईको लाहुर भैरहवासम्म
मात्र भने जस्तै नहोला भन्न सकिन्न । धन्यवाद
पाण्डे रक्तिम सांस्कृतिक अभियानका पूर्व केन्द्रिय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हुन्।