मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

समाचार सुदूरपश्चिम प्रदेश

धनगढी, ८ मङ्सिर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेलधुरा र दार्चुला जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा भएका बस दुर्घटनाबाट पुगेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री भट्टले दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको उपचारमा कुनै कमजोरी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

आगामी दिनमा सडक दुघर्टना हुन नदिन आवश्यक कार्ययोजना बनाई प्रदेश सरकारबाट लागू गरिने पनि प्रेस विज्ञप्तिमा जनाइएको छ । बिहीबार राति डडेलधुराको केआईसिंह राजमार्गअन्तर्गत पर्ने रडुवाखोला सडक खण्डमा से१क २९२ नंको स्कूल बस दुर्घटनाबाट १८ जना र दार्चुलाको मालिकार्जुनमा म१ख ४३६ नंको बस दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।\

(रासस)

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *