मदिरा मस्तिले माँसिदैछ मच्छेगाँउको महत्व !

आज को बिचार

लागु पदार्थको प्रयोग र ओसार-पसारमा संलग्न हुनेहरुको संख्या दिनहु बढिरहेको छ।हालै नेपाल सरकार गृहमन्त्रालयले सार्बजनिक गरेको तथ्याङ्क अनुसार लागु पदार्थ प्रयोगकर्ताको संख्या १,३०,४२४ जना पुगेको देखायको छ । यो तथ्याङ्कमा घरेलु मदिराको प्रयोगकर्ताको अबस्था समाबेस छैन । मानिसहरु लागु पदार्थ तथा मदिराको बिरोध गर्दा सरकारबाट दर्ता भयर खोलियका सिलबन्धी तथा बिदेशी मदिराको समेत राक्नु पर्छ भनेर वकालत गरेको पाइन्छ। काम कुरो एकातिर कुम्लो बोकि थिमितिर भने जस्तै नेपालमा अहिले गाँजा तथा मदिराको ब्यापार खुल्ला रुपमा गर्नु पर्छ भनेर केहि नेताहरु संसदमा जोडले चिच्याइरहेका सुनिन थालेका छन ।नेपालको सुकै स्थानमा जतिसुकै बेला पनि सहज रुपमा किन्न र खान पाइने घरेलु मदिराको कारण दिनहु समाजमा झगडा, लुटपात,बलत्कार तथा ह्त्या जस्तो जघन्य अपराधनै पनि घटिरहेका छन्।समाजले रक्सी सेबनको कारण घट्ने घटना दुर्घटनालाइ सामान्य रुपमा लिने गरेको पाइन्छ ।

देशको अन्य भागमा जस्तै चन्द्रागिरी नगरपालिका भित्र पनि यस्ले नराम्रो जरा गाडेको छ। बेला बेलामा प्रहरीहरुले मदिराजन्य पदार्थ बरामद गरी पोख्ने काम गरेको तथा नाकामा बिभीन्न प्रकारका लागू पदार्थ समेत बरामद गरी कार्बाहीको लागि मुद्दा दर्ता समेत गरेको बाट पनि यहा समस्या रहेको बुझ्न सकिन्छ । दर्जन भन्दा बढि लागु औषध प्रयोगकर्ताहरुका लागी खोलियको उपचार तथा पुनस्थापना केन्द्रहरुमा करिब ६०० जना उपचाररत रहेको अबस्थालाइ बिचार गर्दा अबस्था भयानक रहेको अड्कल गर्न सकिन्छ ।

अधिकासं मानिसहरु जातिगत रुपमा नेवारहरुको बाहुल्यता रहेको मच्छेगाउँमा मदिरा उत्पादन तथा बिक्रि बितरण खुल्ला रुपमा नै गर्ने गरेको पाइन्छ । मदिरा कतिपय जातिको मर्दा पर्दा नभै नहुने पदार्थ हो तर त्यसको बहानामा सदा खुल्लमखुल्ला बिक्रि-बितरण तथा सेबन गर्नु राम्रो कुरा होइन ।यस ठाउमा प्रहरी लाचार भयर हो वा मिलोमतोले हो । अबैध रुपमा कारोबार गर्नेहरुलाइ प्राय कार्बाही गरेको पाइदैन गरेनि देखावटी मात्र हुन्छ । गत साल आन्तरिक राजस्व कार्यालयले जिल्ला प्रशासन कार्यलय नगरपालिका तथा प्रहरी संलग्नक टोलिले बजारमा छापा मार्न पुग्दा सबै पसलेहरु सटर बन्द गरेर भागिसकेका पाइयो यो घटनबाट पनि यहाको प्रहरी ब्यापारीको र स्थानिय जनप्रतिनिधिको सम्बन्धलाइ अनुमान गर्न सकिन्छ । दिनहु मादक पदार्थको अत्यधिक सेबनबाट प्राय महिलाहरु घरेलु हिंसा सहन बाध्य छन।

घरमा कोरोनाको कारण मीठो खाना खान नपाउने अबस्थामा मदिरामा पैसा बर्बाद गरिरहेका छन । यो गाउमा खपत हुने मदिरा केहि मात्रामा गाउँमै उत्पादन हुन्छन भने धेरै मात्रामा दिनको करिब १००० लिटर भन्दा बढी मदिरा मकवानपुको चखेल भन्ने स्थानबाट बिहानै च नपा ९ र मकवानपुरको सिमानामा रहेको देउराली डाडा हुदै मच्छेगाउँ र मातातिर्थमा मानिसहरुले बोकेर ल्याउने गरेको पाइन्छ । वरपर गाउँका मानिस तथा स्थानिय मानिसले उक्त मदिरा सेबन गरि दिनहु झैझगडा गर्नुका साथै कतिपय बेला बाटैमा लडिरहेको सहजै देख्न सकिन्छ । खराब कामको लागी जनप्रतिनिधि,जनता तथा प्रहरी प्रशासनले सामान्य सहयोग मात्र गरेपनि नियन्त्रण गर्न सकिने हुदा सम्बन्धीत सबैको ध्यान जानु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *