फेवाताल संरक्षणका लागि डोजर सहित पुगे मेयर जि.सी

गण्डकी प्रदेश विशेष समाचार

पोखरा, १४ माघ ।
फेवाताल संरक्षणका सन्दर्भमा पोखरा महानगरपालिकाले आजदेखी पुरिएको स्थानको माटो निकाल्ने काम थालेको छ ।


स्थानिय सरकार पोखरा महानगरपालिका प्रमुख मान बहादुर जि.सीले उक्त कार्यको थालनी गरेका हुन् । फेवातालको खुम्चदो अवस्थाका बारे जानकार उनले यसको सरक्षंणमा जिम्मेवार बन्न आह्वान समेत गरेका छन् ।


बङ्लादीमा स्काभेटर (डोजर) सहित पुगेका मेयर जि.सीले फेवाताल संरक्षणका खातिर महानगरको दायित्व कुनै हालतमा बहन (पुरा) गर्ने बताएका छन् ।


निकै ठुलो आकारमा रहेको फेवाताल प्राकृतिक तथा मानविय क्रियाकलापका कारण अहिले संकुचित बनेको छ ।
पटक पटक फेवातालको खस्कदो अवस्था प्रति सर्वोच्चले समेत चासो दिदाँ पनि फैसला कार्यान्वयन हुन नसकिरहेका बेला मेयर जि.सी भने तालको माटो फाल्ने अभियान थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *