पोखरामा शिखर सुजको मेला शुरु

समाचार

पुष १९,पोखरा

पोखराको सिद्धार्थचोकस्थित स्काई ब्राण्डको सोरुम परिसरभित्र बिहिबारदेखि शिखर सुजको मेला शुरु भएको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले एक समारोहका विच मेलाको –उद्घाटन गरे ।

मेला उद्घाटन गर्दै प्रसाईले मेलामा अविश्वसनीय मूल्यमा पोखरेलीलाई शिखरका जुत्ता उपलब्ध गराइने छ बताए । ‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ–उनले भने ।’ पोखरेलीलाई नेपाली जुत्ता सहज रुपमा उपलब्ध गराउन सेल मेला आयोजना गरिएको उनले जनाए ।

‘शिखरले पोखरामा गर्ने एकल सेल मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ । अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् । सम्भवत ः पोखरामा यस्तो अबसर फेरि नआउन पनि सक्छ ।’ पत्रकार सम्मेलनमा उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *