नेकपाका दुई अध्यक्षलाई उचाल्ने र पोल लगाउने प्रयास

Featured समाचार

काठमाडौं, १ फागुन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अहिले आफूमाथि विरोधीहरुले दुई वटा षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा फुट ल्याउने र विदेशसँगको सम्बन्ध बिगार्नका लागि थामिनसक्नुको प्रयासहरु भइरहेको बताएका छन् । उनले भने, तर, विरोधीको त्यो सपना साकार हुँदैन ।’

प्रधानमन्त्री ओलीले बा–आमालाई एक–अर्काबारे कुरा लगाएर झगडा गराए जस्तो नेकपाका दुई अध्यक्षलाई उचाल्ने र पोल लगाउने प्रयास भइरहेको बताए । उनले भने, ‘अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिस ओहो ! थामिसक्नु छैन ।’ प्रधानमन्त्रीले बाआमाको झगडा गराउने प्रयास कसरी हुन्छ भनेर एउटा कथा समेत सुनाएका छन् ।
बाको कानमा गएर भन्ने, बा आमा बोक्सी छे । आमाको कानमा गएर भन्ने, आमा बाले जड्याहा भइसके ।
दुबैले पत्याउँदैनन्, फेरि भन्ने ।
बा, पत्याउनु हुन्न तर के गर्ने, आमा भरे मुख सुँघ्न आउँछे ।
आमाको कानमा गएर भन्ने, तपाई पत्याउनु हुन्न । गएर मुख सुँघ्नुस् न कस्तो गनाउँछ ?
नभन्दै आमाले गएर मुख सुँघ्छे । रक्सी त गनाएको हुँदैन तर, बाउलाई पक्का हुन्छ कि मुख त सुँघ्न आई । बोक्सी त रहिछे ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘यस्ता प्रयासहरु थुप्रो भएका छन् तर, प्रयास नगरेको पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जान्छे, न बाले बोक्सीको आरोप लगाउने छ ।’पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद देखिएको थियो । प्रचण्डले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने गरी कानुनहरु बनाएको भन्दै सरकारको आलोचना गर्नुका साथै माओवादीलाई सिध्याइयो, जे गरे पनि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मिने चेतावनी दिएका थिए ।

source:nayapage

Leave a Reply

Your email address will not be published. Required fields are marked *