डुङ्गा दुर्घटना ः मृतक सङ्ख्या ५२ पुग्यो

प्रवास समाचार

 १७ माघ 

आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ ।

अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा १३० जना वेपत्ता भएका थिए भने १५ जनालाई जीवित अवस्थामा उद्धार गरिएको छ ।

यसैबीच धेरै मानवीय क्षति हुने यस्ता घटना तत्काल नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघीय निकायहरुले क्षेत्रीय नेताहरुलाई आग्रह पनि गरेका छन् ।

उद्धारकर्ताहरुले घटनास्थल जिबुटीको उत्तरपूर्वी क्षेत्र ओबोकबाट शवहरु निकाल्ने क्रम चलिरहेको बताएका छन् ।
उनीहरुले खोजी तथा उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने पनि बताएका छन् ।
दुर्घटना भएको डुङ्गामा रहेका अधिकांश यात्रु इथियोपियाका नागरिक रहेको जनाइएको छ ।

(रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *