जबरजस्ति करणी कसुर अभियोगमा १ जना पक्राऊ

समाचार

पैाष ४, पर्वत ।

पर्वत मोदी गाउपालिका वडा न ८ वस्ने वर्ष २० को राजेश नेपालीलाई करणी सम्वन्धी कसुरमा प्रहरी चौकी देउपुर पर्वतवाट खटिएको प्रहरी टोलीले ऐ. स्थानवाटै पक्राउ गरेको थियो । निज नेपालीले जिल्ला ४३ कालिगण्डकी २५ ( परिवर्तित नामथर वतन ) भएको वर्ष १३ की बालिकालाई मिति २०७५।८।२६ गते ललाई फकाई गरी बिभिन्न प्रलोभन देखाई करणी
सम्वन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हुदा निज लाई मिति २०७५।०९।०१ गते  पर्वत जिल्ला अदालत वाट यौन जन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा थप अनुसन्धानको लागी ७ दिन म्याद थप भई अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरि कार्यालय पर्वतका  प्रहरि निरिक्षक राजन रायमाझीले जानकारि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *