भोजपुर, १६ माघ (रासस) : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले चीनसँगका १५ नाका सञ्चालनमा ल्याउन लागिएको बताउनुभएको छ ।
गोगनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा जानकारी गराउनुभएको हो । उहाँले तीन तहको सरकार बनिसकेकाले जनप्रतिनिधिले जनतालाई निर्वाचनमा गरेका कबुललाई सम्झेर काम गर्न आग्रह गर्नुभयो । उहाँले रोजगारी र उत्पादनका क्षेत्रमा केन्द्र सरकारले ध्यान दिइरहेको बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले स्थानीयस्तरमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी संरक्षण गरेर विकासे खुड्किलो अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले देशमा बेरोजगारी बढ्दै गइरहेको गुनासो आइरहेकाले अबका चार वर्षभित्र उद्योग धन्दा खोलेर बेरोजगारी कम गरिने बताउनुभयो । देशमै रोजगारी सिर्जना गरी उद्यम बन्न चाहने जो कोही पनि आएमा विनाधितो ऋण उपल्ब्ध गराइने उहाँले जानकारी गराउनुभयो ।
–––