गण्डकी प्रदेश प्रमुखको शुभकामना

समाचार

पोखरा, ३ फागुन (रासस): गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेश सरकार गठनको एक वर्ष पूरा गरेकामा प्रदेश सरकारलाई शुभकामना दिनुभएको छ ।

प्रदेश प्रमुख कुँवरले प्रदेशको बृहत्तर हित र जनताको सेवा एवं समृद्धिका लागि सरकार क्रियाशील रहिरहने आज जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख छ । प्रदेशसभाका सदस्यलाई समेत सधैँ संवैधानिक र क्रियाशीलता मिलिरहोस् भनी शुभकामना प्रकट गर्नुभयो । प्रदेश सरकारको पहिलो वर्ष कानून वर्षका रुपमा हेरिएको र प्रदेश सरकार तथा प्रदेशसभाले २१ कानून बनाइसक्नु सुखद पक्ष भएको विज्ञप्तिमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *