धनगढी, १ माघ (रासस)
क्यामरुनको दाउफिन्स एफसी फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रङ्गशालामा आयोजित तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको आज भएको खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालले दिएको पासमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटालाई अग्रता दिलाए । खेलको १२औँ मिनेटमा लक्ष्मण रुचालले गरेको प्रहारलाई विपक्षी दाउफिन्सका गोलरक्षक गुर्लाउन्सले रोकेका थिए ।
पहिलो हाफको इञ्जुरी समयमा दाउफिन्सका कप्तानले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार असफल रह्यो । दोस्रो हाफमा दाउफिन्सले खेल बराबरी गर्ने सुनौलो मौका पाए पनि गोल गर्नबाट चुकेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सङ्कटाका कप्तान रवि सिलवाल ‘म्यान अफ दी म्याच’ बन्दै रु १० हजार पुरस्कर प्राप्त गर्नुभयो ।
सङ्कटा र नेपाल पुलिस क्लबबीच अब बिहीबार सेमिफाइनल प्रतिस्पर्धा हुने जनाइएको छ । पराजित टोलीका प्रशिक्षक आशिक थापामगरले लामो यात्रा तय गर्नु परेको कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिनुभयो ।
सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीतिअनुसार खेलेकाले सफलता मिलेको बताउनुभयो । रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच बुधबार सेमिफाइनल प्रतिस्पर्धा हुन लागे