के निजामती सेवा भ्रष्टाचारकै अखडा हो?

आज को बिचार राजनीति विशेष समाचार

२०७५पौष १४

कसरी भए प्रेम संजेल रातारात सेलिब्रेटी?के निजामती सेवा भ्रष्टाचारकै अखडा हो? अहिले को तातो प्रश्न बनेको छ जनतामाझ यो कुरा।

निजामती ऐन कै बिपरितमा २ महिनामै सरुवा भएका नेपाल सरकारका एक उपसचिव प्रेम संजेलले पत्रकार सम्मेलन गरेर सरकार प्रति आक्रोश व्यक्त गरेको भिडियो सामाजिक संजालमा भाईरल भएपछि संजेल एक सेलिब्रेटी जस्तै हिट भएका छन। आफुलाई भ्रष्टाचार बिरोधी अभियान्ता भन्न रुचाउने संजेल आफुले राम्रो काम गरेकै कारण अवधी नपुग्दै सरुवा हुनुपरेको उनको भनाई छ।आफ्नो सरुवा गर्नुपर्ने कुनै कारण नभएको बताउने संजेलले प्रधानमन्त्री केपी शर्मालाई समेत च्यालेञ्ज गरेका छन।आफुले सेवा गरेको अवधिसम्म कुनै अवैध काम नगरेको र भ्रष्टाचार गर्न नदिएको समेत उनि बताउछन।

निजामती सेवा भित्रका विभिन्न तह र तप्काका कर्मचारीहरु रङ्गेहात घुससहित समातिएका खबर दिनैपिच्छे आईरहेका बेला कर्मचारीतन्त्र घुसको अखडा हो भन्ने कुरा जनतामाझ प्रमाणित गर्न गारो छैन।यध्दपी प्रेम संजेलको कुरा बास्तबिक छ भने निजामती कर्मचारीमा घुस खानेको कमि छैन होला।निजामती सेवा प्रति आम युवाको चासो तथा नव प्रबेशी कर्मचारीहरुमा पनि युवाको लहर हेर्दा भने खराब नियत भएका कर्मचारीको अन्त्यको सुरुवात हो भन्ने सहजै अनुमान गर्न सकिन्छ।

संजेलको अन्तरवार्ताको भिडियोमा उनको कन्फिडेन्ट र आक्रोश हेर्दा लाग्छ उनी साच्चिकै भ्रष्टाचार बिरोधी हुन, अझै उनको डेराको दिनचर्याको भिडियो बाहिरिएसँगै एक उपसचिव तहको कर्मचारीको हैसियतले त्यो देखाउँदैन कि उनी कालो धनका लोभि छन। संजेलको कुरा यदि गलत छैन भने आम कर्मचारीहरु राष्ट्रको नाममा खाएको कसम सम्जिदै संम्वृद्द नेपाल सुखि नेपाली को नारालाई आत्मसात गर्नुपर्छ । यदि संजेल गलत छन भने उनलाई कानुन बमोजिम कारबाहि गरि सरकार ले जवाफ माग गर्नुपर्छ, होईन भने आम नेपाली जनताले स्थायी सरकारको रुपमा हेरिने कर्मचारीतन्त्र र  हाल दुई तिहाई को बहुमत रहेको बलियो सरकारप्रति नै आम नागरिकको बिश्वास नहुने देखिन्छ।कर्मचारीको समायोजनका वर्तमान तरङ्गहरु तथा कर्मचारीका बिरोधहरु र एक स्थायी कर्मचारीले सरकारलाई दिएको च्यालेञ्जलाई मुल्याङ्कन गर्दा कता “कता सरकारको नेतृत्व नै कुहिरो भित्रको काग भएको त होईन?”आम नागरिकको प्रश्न????

Leave a Reply

Your email address will not be published. Required fields are marked *