कास्कीमा ५ थान हतियार सहित ४ ब्यक्ति पक्राउ ।

समाचार

 

मिति २०७५।११।२० गते जिल्ला कास्की रुपा गाउपालिका बडा नं ७ तालवेसी तथा सौर्यवासका बिभिन्न स्थानहरुमा अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्की तथा ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट सयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले ५ थान हतियार सहित निम्न स्थान बस्ने निम्न ब्यक्तिलाई पक्राउ गरी आज मिति २०७५।११।२१ गते म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।
निम्न :-
१) जिल्ला कास्की रुपा गा.पा.७ घर भई हाल पोखरा म.न.पा.३० शिशुवा वस्ने बर्ष ५५ को नारायण बहादुर गरुङ
२२ बोर राईफल लेन्स सहित थान १
२) जिल्ला कास्की रुपा गाउपालिका बडा नं ७ तालवेशी बस्ने बर्ष ४८ को दिल बहादुर गुरुङ
१२ बोर राईफल ( सर्ट गन ) थान -१
३) जिल्ला कास्की रुपा गाउपालिका ७ तिलखोरिया बस्ने बर्ष ४५ को सुरेश गुरुङ
भरुवा बन्दुक थान -२
४) जिल्ला कास्की रुपा गाउपालिका बडा नं ७ तिलखोरीया बस्ने बर्ष ५४ को मन बहादुर थापा मगर
भरुवा बन्दुक थान -१

Leave a Reply

Your email address will not be published. Required fields are marked *