कास्कीमा प्रहरीद्धारा पेशेवर चोर पक्राउ

गण्डकी प्रदेश विशेष समाचार

कास्की पौष ०१ गते

जिल्ला कास्की पोखरा महानगरपालिका स्थित रहेका बिभिन्न सुनचादी पसल , किराना पसल तथा मोबाईल पसलहरु समेतमा हुने गरेका छुटपुट चोरीका घटनाहरुको गहन रुपमा अनुसन्धान गर्नको लागी जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी अनुसन्धान तथा नियन्त्रण गर्नको लागी विषेश प्रहरी टोली गठन गरी आफ्नो बडा ईलाकाको समेत सुरक्षा स्थितिलाई मध्यनजर राख्दै ब्यापक रुपमा,एम्बुसिङ, प्रहरी परिचालन गरी चोरी गर्ने व्यक्तिको निग्रानी गर्ने र विभिन्न चोरी भएका पसलहरुमा रहेका CC क्यामेरा फुटेजहरु हेरी संकित व्यक्तिको खोजतलास गर्दै जादा मिति २०७५।०८।२९ गते बिहान ०२:०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.१२ हस्पिटल चोक स्थित सुनचादी पसलमा चोरी गर्दै गर्दाको अबस्थामा बडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी निरीक्षक दिपक के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले निम्न चोरीका सामानहरु सहित जिल्ला कपिलबस्तु घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१० शान्तिपथ बस्ने बर्ष २२ को दिपिन भन्ने ईन्द्र बहादुर थापा लाई पक्राउ गरी म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको ।

  • चादीको कल्ली १ जोर),
  • चादीको फोल्डीङ वाला १ जोर
  • चादीको चुरा १ थान
  • चादीको वाला १ थान
  • चादीको सिक्री ३ थान
  • चादीको पञ्चरत्ने वाला २ पीस
  • चादीको औठी १ थान
  • घडी १ थान,
  • मोबाईल २ थान,
  • सानो कैची १ थान,
  • १६ GB र ८Gb को memory card १/१ थान ।
  • ३४”लामो फलामको रड १ थान ।

अनुसन्धान पछि खुलेको तथ्यहरु

  • निजले मिति २०७५।०८।२१ गते पोखरा ११ रानिपौवा स्थितमा मोबाईल र सुनचादी पसलमा चोरी गरेको ।
  • मिति २०७५।०८।२४ गते बिहान पोखरा १५ घलेचोक स्थितमा दुई बटा सुनचादी पसल, १ बटा किराना पसलमा चोरी गरेको
  • निजले चोरी गरेको सामान आफ्नै कोठामा राखेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र निम्न बमोजिमको सामानहरु निजको कोठाबाट बरामद गरिएको
  1. मोबाईल २ थान,
  2. चोरी गर्न प्रयोग गर्ने फलामको हथौडा १थान,
  3. हरियो विड भएको screwdriver १ थान,
  4. मोमोरीकार्ड २१पिस
  5. सेतो चादीको बाला १ थान
  6. चादीको पत्थरबाला औठी २ थान
  7. चादीको गोलो पाउजु १ थान
  8. चादीको ड्यासवाला पाउजु १ जोर
  9. सुनको कटारी गेडी ९थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *