कास्कीमा नक्कलि नोट छाप्ने २ पक्राउ ।

विशेष समाचार

मिति २०७५।१०।२२ गते जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं १६ अर्मला स्थित गुरुङ किराना पसलमा रु. १०० को NCELL को रिचार्ज कार्ड किनी रु.१००० को नेपाली नोट दिई ९०० फिर्ता लगी ग १४ प ३५४ नं को DUKE मोटरसाइकलमा आएका १ यवा १ युवती पोखरा तर्फ लागेको र पछि त्यो १००० को नोट नक्कलि भन्ने थाहा हुने वितिकै जिल्ला प्रहरी कार्यालयमा सुचना प्राप्त पश्चात खोज तलास / अनुसन्धान गर्दै जादा निम्न स्थान बस्ने निम्न ब्यक्तिलाई मिति २०७५।११।०६ गते जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं ५ प्रस्याङ स्थित डेरा कोठामा बसी नक्कलि नोट बनाईरहेको अबस्थामा बडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले निम्नं सामान, नक्कलि रुपैया , नगद र रिचार्ज कार्ड सहित फेला पारी २०७५।११।०७ गते मुद्रा सम्बन्धी कसुर मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको ।

पक्राउ परेका ब्यक्तिहरुको वतन
१) जिल्ला मकवानपुर हेटौडा म.न.पा. ०९ बस्ने बर्ष ३३ को नरेश लामा
२) जिल्ला मकवानपुर हेटौडा म.न.पा. ०१ बस्ने बर्ष २५ को सरस्वती बलामी ।
बरामद गरीएका सामान:-
• Lenovo कम्पनिको ल्यापटप थान-१
• CANON कम्पनिको कलर प्रिन्टर थान-१
• OPPO कम्पनिको मोबाईल थान-२
• कैचि थान -१
• कटर
• पेपर
• नेपाली रकम रु. १,२८,४३०।– ( एक लाख अठ्ठाईस हजार चार सय तिस मात्र )
• भारतिय रकम रु.१,०००।– ( एक हजार मात्र )

नक्कलि :-
o च २५ ६३४१४६ नं को नक्कलि नोट रु. १००० को थान १३
o च २५ ६३४१६३ नं को नक्कलि नोट रु. १००० को थान ६
o जम्मा १९,०००।– अक्षेरुपि (उन्नाईस हजार मात्र )

ग १४ प ३५४ नं को DUKE मोटरसाइकल
पक्राउ परेका ब्यक्तिहरुको नागरीकता थान -२

अनुसन्धान पछी खुलेको तथ्यहरु
• मिति २०७५।०९।२७ गते मकवानपुरबाट पोखरा आएको ।
• करिव ३ दिन जति लेकसाईडको होटलमा बसेकोमा त्यसपछि पोखरा-५, पर्स्याङमा भाडामा बस्दै आएको ।
• Youtube मा नक्कली पैसा बनाउने भिडियो हेरि सोही अनुसार बनाउन सिकेको ।
• नक्कली पैसा print गर्ने चाहिने color printer पोखरा भाटभटेनीमा गई किनेको र आफू बस्ने कोठामा नै Laptop, color printer, फोटोकपी पेपर, कैची, गमको प्रयोग गरि नक्कली पैसा बनाउने गरेको ।
• पोखराका बिभिन्न स्थानहरुमा गरि करिव २०० भन्दा बढी स्थानहरुमा नक्कली पैसा दिई सामानहरु किन्ने गरेको । बढी मात्रामा Recharge Card किन्ने गरेको । कतै कतै आबश्यक अन्य सामानहरु पनि किन्ने गरेको ।
• दिनमा करिब १०-१५ बटा सम्म साट्ने गरेको ।
• विशेषगरि महिला, केटाकेटिहरु भएको पसलहरुमा गई नक्कली नोट दिने गरेको ।
• घटनामा प्रयोग गर्ने गरेको ग१प ३५४, डुक मोटरसाईकल ग्लोवल रिकन्डीसन बाट किनेको ।
• पक्राउ परेका दुईको डेड बर्ष देखी चिनजान भई अफियर चलेको तर केटा चाहीको बिहे भईसकेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *