कर्मचारी समायोजन अध्यादेश जारी

विशेष समाचार

काठमाडौँ

कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको छ ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ु जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पारित गर्दै अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

अध्यादेशमा कर्मचारीलाई अनिवार्य समायोजनमा जानुपर्ने बाध्यात्मक व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *