इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एकको मृत्यु

प्रवास समाचार

मर्सेली, फ्रान्स, १६ मङ्सिर 

फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको टारास्कनका अभियोजनकर्ता प्याट्रिक देशजार्डिनले एएफपीलाई बताउनुभयो ।

विगत केही समयदेखि पहेंलो पहिरनमा प्रदर्शनमा उत्रिएका सवारीधनीले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै आएका छन् ।

प्रदर्शनकारीले आइतबार १० किलोमिटर लामो सडकखण्डमा यातायात अवरूद्ध गर्ने कार्यक्रम रहेको थियो ।

राष्ट्रपति म्याक्रोँ समस्याको समाधानका लागि आपतकालिन बैठक

यसैबीच, सरकार विरोधी आन्दोलनमा २६३ जना घाइते बनेको र सयौँको सङ्ख्यामा नागरिक पक्राउ परेपछि समस्या समाधानका लागि राष्ट्रपति इमानुयल म्याक्रोँ सरकारी अधिकारीसँग आपतकालिन बैठकमा सहभागी हुनुभएको छ ।

अर्जेन्टिनामा भएको जी–ट्वान्टी सम्मेलनमा सहभागी भै आइतबार स्वदेश फर्किनुभएका म्याक्रोँले प्रधानमन्त्री, गृहमन्त्री, तथा उच्च अधिकारीलाई बोलाई समस्याबारे जानकारी लिनुभएको बताइउको छ । “मलाई हिंसा कदापि मान्य हुने छैन, ” अर्जेन्टिनाबाट स्वदेश फर्किनु पहिले आर्क डु ट्रिउम्फमा बताउनुभयो ।

उहाँले थप्नुभयो,“ कुनै पनि कारणले सरकारी अधिकारी, पत्रकार र व्यवसायीमाथिको आक्रमणलाई पुष्टि गर्न सक्दैन ।”

(रासस÷एएफपी) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *