आगलागीबाट रु चार लाख मूल्य बराबरको क्षति

समाचार

विदुर, २८ पुस

ग्यास सिलिन्डरमा आगलागी हुँदा नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बङगेसल्लामा एक घर जलेर नष्ट भएको छ ।

गएराति भएको आगलागीमा स्थानीयवासी सुदीप केसीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

आगलागीमा परेर केसीको घर र घरमा रहेका सबै सामान जलेर नष्ट हुनुका साथै घरसँगै रहेका किराना पसलमा समेत नगद रु ५० हजार, एक तोला सुन र पसलको खुद्रा सामान गरी रु चार लाख मूल्य बराबरको क्षति भएको उहाँले बताउनुभयो  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *