अनलाइनलाई स्पष्टीकरण, यी हुन् ब्लक गरिएका १४ अनलाइन

समाचार

काठमाडौं । प्रेस काउन्सिल नेपालले ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण सोधेको छ भने १४ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन÷प्रसारण नहुने गरी ब्लक गरेको छ । चैत १० गतेदेखि हालसम्म कोरोना भाइरस (कोभिड– १९) बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै १४ वटालाई ब्लक गरिएको प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दीपक खनालले बताउनु भयो । प्रेस काउन्सिलले पहिलो चरणमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरणमात्रै सोधेको छ । सम्बन्धित निकायमा दर्ताबिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने १४ अनलाइन सञ्चारमाध्यमहरुलाई भने ब्लक नै हानिएको काउन्सिलले जनाएको छ । जटिल परिस्थितिमा पत्रकार र सञ्चारमाध्यमहरुले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि काउन्सिलले यस्तै भूमिकाको अपेक्षा गरेको छ । यद्यपि पत्रकार आचारसंहिता विपरीत कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका समाचार सन्देश प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा काउन्सिल अहोरात्र मिडिया अनुगमनमा जुटेको पनि जनाएको छ ।  यी हुन् ब्लक गरिएका १४ अनलाइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *