अग्निपीडितलाई राहत

गण्डकी प्रदेश समाचार

गलकोट, १२ मङ्सिर

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँका अग्निपीडितलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले राहतस्वरुप रकम उपलब्ध गराएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद खरेलले अग्निपीडितलाई जनही रु १० हजारका दरले राहत प्रदान गर्नुभएको थियो । गत आइतबार बिहान ढोरपाटनको नवीगाउँमा आगलागी हँुदा ४३ परिवारका घर तथा गोठ जलेर ध्वस्त भएका थिए ।

अग्निपीडित ४३ परिवारलाई जनही रु १० हजारका दरले रु चार लाख ३० हजार रकम उपलब्ध गराइएको थियो । “भीषण आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत होस् भनेर रकम हस्तान्तरण गरिएको हो”, प्रजिअ खरेलले भन्नुभयो, “सरकार तपाईंहरुकोे साथमा छ भन्ने सन्देश दिनका लागि थोरै भए पनि सहयोग गरैका हौँ ।” यसअघि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले अग्निपीडितलाई रु प्रति परिवार रू एक लाख र घर छाउनका लागि कर्कटपाता उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
ढोरपाटन सिकार आरक्षको सुरक्षामा रहेका हनुमानध्वज गुल्म तथा सिकार आरक्षको टोलीले आगो नियन्त्रणमा लिई थप क्षति हुनबाट बचाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *