रिलायबल पोखरा शाखाद्वारा मृत्युदाबीको भुक्तानी

समाचार स्वास्थ्य

रिलायबल पोखरा शाखाद्वारा मृत्युदाबीको भुक्तानी पोखरा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. पोखरा शाखाले मृत्यु दाबीको भुक्तानी दिएको छ। दस महिना अघि लोक बहादुर गुरुङ्गले रु. दश लाख बीमाङ्कको रिलायबल समुन्नति जीवन बीमा गर्नुभएको थियो। उहाँको असामयिक निधनपश्चात् रिलायबलले बीमाको भुक्तानी गरेको हो । जन्मपछि मरण असम्भावी छ। तर, मृत्युको समय भने निश्चित हुँदैन । जीवनमा कुनै पनि बेला मृत्यु बिपत बनेर आउन सक्छ । त्यही बिपतले निम्त्याउन सक्ने आर्थिक संकटलाई न्यूनीकरण गर्न जीवन बीमा महत्त्वपूर्ण हुन्छ । एमडिरटी श्री मीन बहादुर गुरुङ्ग ज्यूले गराउनु भएको उक्त जीवन बीमाको दाबी भुक्तानीको कुल रकम दस लाख बीस हजार रूपैयाँ रहेको छ । एक कार्यक्रमको आयोजना गरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. गण्डकी प्रदेश प्रमुख श्री सरोज अधिकारीले मृतककी धर्मपत्नी हकवाला श्री लक्ष्मी गुरुङ्लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियोे । रिलायबल पोखरा शाखाले आयोजना गरेको उक्त कार्यक्रमको सहजीकरण शाखा प्रमुख श्री सूर्य सुमन थापाज्यूले गर्नुभएको थियो । लाइफ इन्स्योरेन्सको बीमा इतिहासमा सबैभन्दा धेरै रकमको दाबी भुक्तानी गर्ने कम्पनीको रुपमा रिलायबल लाइफ इन्स्योरेन्स परिचित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *