तनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने

दमौली, १ पुस (रासस) ः तनहँुमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन […]

Continue Reading

क्यान्सर मात्रै होइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ नेपाली जमराले‘

न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीता भट्राईको दैनिकी हो । उनलाई बिहान उठेदेखि […]

Continue Reading

सिमलकोरुखमा चिल

पोखराको उत्तरी भेग अर्मलास्थित सिमलकोरुखमा घाम ताप्दै गरेका चिल । पछिल्लो समयमा चिलको संख्यामा बृद्धि आएको स्थानीयवासी बताउँछन् । तस्वीर हरि बाँस्तोला, पोखरा, रासस

Continue Reading

खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : मन्त्री विश्वर्कमा

साँखु, काठमाडौँ, १ पुस (रासस) : नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुग्नुभएका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताउनुभएको हो । फुटबल खेल देश तथा […]

Continue Reading

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

लहान, १ पुस (रासस) गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको […]

Continue Reading

पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

काठमाडौँ, १ पुस (रासस) ः प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी […]

Continue Reading

काङ्ग्रेस एकताबद्ध भएर अघि बढ्ने उद्घोष

काठमाडौँ, 30 मङ्सिर (रासस) : महत्वका साथ हेरिएको नेपाली काङ्ग्रेसको महासमिति बैठक आजदेखि राजधानीमा शुरु भएको छ । बैठक उद्घाटन समारोहमा नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले हात समाएर एकताको सन्देश प्रस्तुत गर्नुभयो । दुई नेताबीच दूरी बढेको सार्वजनिक टिप्पणी भइरहेका बेला बैठक […]

Continue Reading

चाउमिन खाँदा दुई बालकको मृत्यु

कञ्चनपुर, 30 मङ्सिर (रासस) : कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी […]

Continue Reading

नातिद्वारा बाजे र बज्यैको हत्या

बैतडी, 30u मङ्सिर  बैतडीमा आज नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । लोकेन्द्र आज बिहान ११ बजेर २० मिनेटको समयमा घरमै […]

Continue Reading

ढुङ्गाले लागेर बालकको मृत्यु

बेझाड (पाल्पा), २९ मङ्सिर  : ढुङ्गाले लागेर रैनादेवी छहरा गाउँपालिका–४ आँपपाटास्थित धजा बान्ने स्थानमा एक बालकको मृत्यु भएको छ । आज दिउँसो बा२क ७४७३ नंको डोजरले सडक खन्ने क्रममा पल्टाएको ढुङ्गाले लागेर सडकमा हिँडिरहेका रैनादेवी गाउँपालिका– २ सोमादीका सात वर्षीय रोजित रास्कोटीको मृत्यु भएको छ । छहरा, अमलावास हुँदै तान्सिङ्ल जोड्ने मोटरबाटो खन्ने क्रममा ढुङ्गाले […]

Continue Reading