ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमौली, १६ मङ्सिर  तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिलिङ भन्ने […]

Continue Reading

चितुवाको आक्रमणबाट बालकको मृत्यु

दमौली, १६ मङ्सिर  चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । खाना खाएर हात धुन […]

Continue Reading

पाल्पा–बुटवल सडक बन्द हुने

पाल्पा, १५ मङ्सिर  पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मङ्सिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ । बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा दैनिक सडक बन्द हुने भएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो […]

Continue Reading

४४५ एचआइभी सङ्क्रमितको पहिचान

हेटौँडा, १५ मङ्सिर  प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित […]

Continue Reading

पोखरा सडक महोत्सव पुस १३ देखि

चिप्लेढुङ्गा, १५ मङ्सिर  पोखरामा एउटा ब्राण्डको रूपमा स्थापित हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाकिनारमा सञ्चालन हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आइरहेको सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) ले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । […]

Continue Reading

हेमजामा लागुऔषध निउनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम

हेमजा, १४ मंसिर सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा शुक्रबार हेमजाको बिष्णु पादुका मा.बि. मा लागुऔषध निउनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ । कर्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिनाले १२ कक्षा पास नभएन्जेलसम्म मोबाइलको प्रयोग नगर्न बिद्यार्थिलाइ सुझाब दिए । त्यसै गरि […]

Continue Reading

मुख्यमन्त्रीद्वारा अन्नपूर्ण आधार शिविरको अवलोकन

पोखरा, १४ मङ्सिर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गर्नुभएको छ । हिमाल आरोहणको इतिहासमा सबै भन्दा जेठो हिमालका रुपमा चिनिएको अन्नपूर्ण प्रथमको फेदीमा अवस्थित आधार शिविर र त्यहाँका वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न मुख्य मन्त्री गुरुङ सो स्थानमा पुग्नुभएको हो । अवलोकन पश्चात उहाँले पर्याप्त पर्यटकीय […]

Continue Reading

नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन जुटे युवा

पाल्पा, १४ मङ्सिर  नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन यहाँका परियार समुदायका युवा जुटेका छन् । रम्भा गाउँपालिका–१ हँुगीका पदमबहादुर परियारले शुरुआत गरेको अभियानमा सबै जुटेपछि लोप हुने अवस्थामा पुगेको पञ्चैबाजा संरक्षण भएको हो । पदमबहादुरका परिवारले पञ्चैबाजा बजाउने पेशालाई अँगाले पछि उहाँका परिवारका साथै नयाँ पुस्तासमेत संरक्षणमा जुटेका हुन् । अहिले स्थानीय युवाहरुसमेत […]

Continue Reading

पाथीभराको भेटी रु ५० लाख

ताप्लेजुङ, १४ मङ्सिर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै सुन तथा चाँदीलगायत गरगहना […]

Continue Reading

इनरुवामा बसपार्क बनाइँदै

इटहरी, १३ मङ्सिर  सदरमुकाम भए पनि विकास निर्माणका दृष्टिकोणले पछि परेको सुनसरीको इनरुवामा निर्माण भई रहेको सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । इनरुवा नगरपालिकाले जग्गा उपलब्ध गराउनेदेखि लिएर व्यवस्थापकीय सहयोगमा निर्माण भइरहेको बसपार्क चाँडै सञ्चालनमा आउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनुभयो । सङ्घीय सहरी विकास आयोजना कार्यान्वयन एकाइअन्तर्गत तराईका जिल्ला […]

Continue Reading