वडाध्यक्षको बुढाको निधन

घोराही, १३ मङ्सिर घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि जण्डिसले थलिनुभएका बुढाको काठमाडाँै, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्कनुभएको थियो । तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय […]

Continue Reading

छुरा प्रहारबाट एक घाइते

इनरुवा, १३ मङ्सिर  सुनसरीको इटहरी उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालक अपरिचित व्यक्तिको छुरा प्रहारबाट बुधबार घाइते हुनुभएको छ । मनी ट्रान्सफरमै आएका दुई अपरिचित व्यक्तिले सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । उहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको […]

Continue Reading

मनकामना मन्दिर भक्तजनका लागि खुला

गोरखा, १२ मङ्सिर  ः गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो […]

Continue Reading

पञ्चानब्बे वर्षमा नागरिकता

लमजुङ, १२ मङ्सिर  ः लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले आज नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । यसअघि विसं २०३७ मा गाउँमा आएको टोलीबाट उहाँले अस्थायी निस्सा लिनुभएका […]

Continue Reading

एपिएफलाई लगातार चौथो पटक उपाधि

काठमाडौँ, १२ मङ्सिर  ः सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठाँै अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । […]

Continue Reading

दैलेख जीप दुर्घटना पाँच मृतक

दुल्लु, १२ मङ्सिर  दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा तीन जनाको […]

Continue Reading

नक्सा पासमा ५० प्रतिशत छुट

दमौली, १२ मङ्सिर  तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । गाउँपालिकाले बजार क्षेत्रको ५०० मिटर क्षेत्रभित्र बन्ने घरको नक्सापासका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । गाउँपालिकाले बन्दीपुर चक्रपथभित्र र चक्रपथ बाहिर ५०० मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको […]

Continue Reading

डिजेल बरामद

गौशाला, १२ मङ्सिर महोत्तरी प्रहरीले जिल्लाको सम्सी बजारमा अवैध रुपमा बिक्री वितरणका लागि राखिएको ६०० लिटर डिजेल बरामद गरेको छ । आधिकारिक रुपमा पेट्रोल पम्पमा बिक्रीवितरण हुने डिजेल कालोबजारी गरी महङ्गो मूल्यमा बेच्ने उद्देश्यले बजारमा राखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय महोत्तरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले ६०० लिटर डिजल सम्सी बजारबाट बरामद […]

Continue Reading

जलवायु परिवर्तन असरका विषयलाई प्राथमिकता

काठमाडौँ, १२ मङ्सिर वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन ९कोप–२४० मा जलवायु परिवर्तनका असर बारेका विषयलाई प्राथमिकताका साथ उठाइने बताउनुभएको छ । संयुक्त अधिराज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग ९डिएफआइडी० को प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले जलवायु परिवर्तनमा बढी योगदान रहेका राष्ट्रहरु, नेपालजस्ता समस्या सिर्जना […]

Continue Reading

चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

शिजिआजुआङ्, चीन, १२ मङ्सिर  उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० बजे हेबेइ सिङ्गहुआको […]

Continue Reading