इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रगतिशील विजयी

पोखरा, १ पुस  इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रोग्रेसिभ इञ्जिनीयर एशोसिएशन नेपाल (पिन)का उम्मेदवार विजयी भएको छन् । पोखरामा सम्पन्न अधिवेशनबाट नेकपा समर्पित इञ्जिनीयरिङहरुको एशोसिएशनको समूह निर्वाचित भएको हो । एशोसिएशनको अध्यक्षमा बाबुराम भण्डारी ५६४ मतसहित विजयी हुनु भयो भने उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका राजेश भट्टराईले ४१५ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपसभापतिमा ध्रुवराज भट्टराई, सचिवमा […]

Continue Reading

परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

काठमाडौँ, १ पुस  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) र मिलेनियम च्यालेञ्ज […]

Continue Reading

दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ– प्रम ओली

काठमाडौँ, १ पुस प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी […]

Continue Reading

सवर्ण स्मारकको अनावरण गर्दै पुर्वप्रधानमन्त्री प्रचण्ड

पाल्पाको रामपुरमा रहेको रामतुलसि माविको स्वर्ण जयन्तीको अवसरमा निर्मित स्वर्ण स्मारकको अनावरण गर्नुहुँदै पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।तस्वीर सुशीला रेग्मी, बेझाडपाल्पा , रासस

Continue Reading

तनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने

दमौली, १ पुस (रासस) ः तनहँुमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन […]

Continue Reading

क्यान्सर मात्रै होइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ नेपाली जमराले‘

न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीता भट्राईको दैनिकी हो । उनलाई बिहान उठेदेखि […]

Continue Reading

सिमलकोरुखमा चिल

पोखराको उत्तरी भेग अर्मलास्थित सिमलकोरुखमा घाम ताप्दै गरेका चिल । पछिल्लो समयमा चिलको संख्यामा बृद्धि आएको स्थानीयवासी बताउँछन् । तस्वीर हरि बाँस्तोला, पोखरा, रासस

Continue Reading

खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : मन्त्री विश्वर्कमा

साँखु, काठमाडौँ, १ पुस (रासस) : नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुग्नुभएका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताउनुभएको हो । फुटबल खेल देश तथा […]

Continue Reading

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

लहान, १ पुस (रासस) गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको […]

Continue Reading

पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

काठमाडौँ, १ पुस (रासस) ः प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी […]

Continue Reading