कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित

चितवन, ११ माघ  कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ । विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो । गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध […]

Continue Reading

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ११ माघ  मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताउनुभयो । उहाँका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना […]

Continue Reading

मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू

मितिः १० माघ २०७५ २०७५ साल माघ ३ गते बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू– १. महाअभियोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरिएको छ । २. विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंकको शेयर खरिद गर्ने निर्णय गरिएको छ […]

Continue Reading

छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु

चितवन, १० माघ  जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मुग्लिन सडकखण्डमा १५, पृथ्वी राजमार्गमा १७, भरतपुर महानगरपालिकाभित्र ११ […]

Continue Reading

बिचल्लीमा उखु किसान

नवलपरासी, १० माघ  उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा परेका छन् । अघिल्लो वर्षको करीब रु पाँच करोड चिनी उद्योगबाट नपाएका उखु किसान यस वर्षसमेत समयमै उद्योग सञ्चालनमा नहुँदा बिचल्लीमा परेका हुन् । मङ्सिरको पहिलो साताबाट उखु क्रसिङको याम शुरु भइसक्नुपर्ने भए पनि हालसम्म […]

Continue Reading

लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ राई

खोटाङ, १० माघ (रासस) ः प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु¥याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उहाँले जानकारी दिनुभयो । आमाको […]

Continue Reading

सर्वसाधरण कुट्ने प्रहरी निलम्बन

गलकोट, १० माघ (रासस सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि […]

Continue Reading

लिमीठानाकी १७ वर्षिया बालिका दुई महिनादेखि बेपत्ता

पर्वत । दुई महिनादेखि पर्वतकी एक बालिका बेपत्ता भएकी छिन् । फलेवास नगरपालिका खानीगाउँको भवानी विद्यापीठ माविमा ११ कक्षामा अध्ययनरत १७ बर्षिया सदिक्षा सुनार बेपत्ता भएकी हुन् । लिमीठाना घर भएकी ती बालिका हराएको महिना दिन पुग्दासमेत कुनै खबर नपाएको अभिभावकले गुनासो गरेका छन् । बेपत्ता भएको दुई महिना पुग्दा समेत प्रहरीले खोजतलास नगरेको उनका बुवा हिमालाल […]

Continue Reading

फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गरिने

पोखरा, ९ माघ  : गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णयका साथै पोखरा उपत्यकाभित्र चक्रपथ निर्माण एवम् मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो […]

Continue Reading

बस दुर्घटनामा २८ घाइते

बनेपा, ९ माघ  ः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ९ शङ्खुमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा २८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा पनौती नगरपालिका–९ का ५० वर्षीया शान्तादेवी लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँको […]

Continue Reading