पाकिस्तान–भारत कारोबार सम्भावनाभन्दा धेरै कम : विश्व बैंक

इस्लामावाद, पाकिस्तान, २३ मङ्सिर  पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ । उसले भनेको छ, “यदि दुई छिमेकीले मानव सिर्जित अवरोधहरूलाई हटाउने हो भने मात्रै पाकिस्तान र भारतको कारोबारमा करिब ३८ अर्ब डलर पुग्ने देखिन्छ, जुन वर्तमान् अवस्थामा […]

Continue Reading

नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।

चरिकोट, २४ मङ्सिर नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी […]

Continue Reading

ट्र्याक्टरले किचेर बालकको मृत्यु

गौशाला, २४ मङ्सिर महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । आइतबार घर अगाडि खेलिरहेको बालक साफीलाई ज १ त ७११२ नम्बरको ट्र्याक्टरले किच्दा बालक गम्भीर घाइते […]

Continue Reading

हिमाल आरोहणको स्मरणमा विद्यालय भवन निर्माण

काभे्रपलाञ्चोक, २४ मङ्सिर  दक्षिण कोरियाका नागरिक यूएम होङ गीलले हिमाल आरोहणको स्मरणमा पाँचखाल नगरपालिका–१० स्थित आजाद उच्च माध्यमिक विद्यालयका लागि भूकम्पप्रतिरोधी भवन निर्माण गरिदिनुभएको छ । सर्वोच्च शिखर सगरमाथामा तीन पटक तथा नेपाल र अन्य देशका आठ हजार मिटरभन्दा माथिका १३ वटा हिमाल आरोहण गरेका गीलले उक्त विद्यालयका लागि दुई तले आठकोठे भवन निर्माण गरिदिनुभएको […]

Continue Reading

कर्मचारी समायोजन अध्यादेश जारी

काठमाडौँ । कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ु जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पारित गर्दै अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । अध्यादेशमा कर्मचारीलाई […]

Continue Reading

पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

विराटनगर, २४ मङ्सिर  पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६.३२ प्रतिशत भएको थियो । यस प्रदेशमा तीन लाख २३ हजार १८८ हेक्टर जग्गामा […]

Continue Reading

दश किलोग्राम चरेशसहित एक पक्राउ

काठमाडौँ, २३ मङ्सिर  ः महानगरीय प्रहरी परिसर काठमाडौँले १० किलोग्राम ४०० ग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा लागुऔषध बोकेर हिडिरहेको अवस्थामा धादिङका ३१ वर्षीय कमल तामाङलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा कालो रङको झोलाभित्र […]

Continue Reading

सञ्चारमन्त्री बास्कोटा एक्सनमा उत्रिए, चिनियाँ ठेकेदारलाई ३२ करोड जरिवाना

२३ मंसिर, काठमाडौं । आठ वर्षसम्म परियोजना ओगटेर काम सम्पन्न नगर्ने चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चार  प्रबिधि मन्त्री गोकुल बास्कोटाले ३२ करोड रुपैयाँ जरिवाना तिराएका छन् । नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६ वर्ष नाघ्दा पनि काम नभएपछि मन्त्री बास्कोटा आफैं अघि सरेर जरिवाना तिराएका हुन् । नेपाल टेलिकमका हाल जारी […]

Continue Reading

स्वास्थ्यसेवा सरकारको प्राथमिकतामा

कास्की, २३ मङ्सिर  गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा प्रवाह गर्न लागेको बताउनुभएको छ । सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना गरेपनि सम्पूर्ण नेपालीले स्वास्थ्य सेवा पाएर स्वस्थ नभएसम्म समृद्धि प्राप्त नहुने भएकाले सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिएको भनाइ मन्त्री गुरुङको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स […]

Continue Reading

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ, २३ मङ्सिर  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ (१) अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । प्रतिवेदन पेश गर्दै आयोगका […]

Continue Reading