राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाको चौथो सम्मेलन

राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाको चौथो सम्मेलनमा सहभागी हुदैँ राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीसहितको टोली । तस्वीर ः कृष्ण दर्नाल, पाल्पा, रासस

Continue Reading

नक्कली नोट

भोजपुरको डबली मेलामा फेला परेका नक्कली नोट । प्रहरीले चार हजार नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । तस्वीर ः युवराज विष्ट, भोजपुर, रासस

Continue Reading

लालीगुराँस बेच्दै दूई विद्यार्थी

डडेल्धुरा जिल्लाको भीमदत्त राजमार्गमा लालीगुराँस बेच्दै दूई विद्यार्थी । डडेल्धुरा जिल्लाका विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएका कारणले स्कुलको बिदाको दिन लालीगुराँस बेच्ने गर्दछन । तस्वीर करन ताम्राकार अमरगढी,डडेल्धुरा रासस

Continue Reading

धवलागिरि गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहमा सहभागी हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

म्याग्दीको मुनामा आइतबार धवलागिरि गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहमा सहभागी हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्साल । तस्वीर कमल खत्री, म्याग्दी, रासस गण्डकी प्रदेश

Continue Reading

हुम्लामा हिउँमा चिप्लेटी

हुम्ला, ९ माघ (रासस) हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी […]

Continue Reading

सञ्चारमन्त्री बाँस्कोटाबाट शिल्पकार सम्मानित

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिबार नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१ औ साधारणसभामा नेपालको झण्डा बोकेर देश भ्रमण गर्ने एवं मैयादेवी स्मृति पत्रकारिता पुरस्कारको संस्थापक लक्ष्मीनारायण शिल्पकारलाई सम्मान गर्दै । तस्विर ः रमेश गिरी, भक्तपुर, रासस

Continue Reading

डोल्पाको छलगाडसम्म पुग्यो गाडी

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ मा पर्ने छलगाड खोलासम्म गाडी पुगेपछि दैनिक उपभोग्य सामग्रीलगायत विकास निर्माणका सामग्री ढुवानी गर्न सहज भएको छ । तस्बिर ः रामचन्द्र न्यौपाने,डोल्पा,रासस

Continue Reading

दुल्लुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै मगर समुदायका युवायुवती

माघे सङ्क्रान्तीका अवसरमा मगर समुदायको बसोबास रहेको दैलेखको दुल्लु नगरपालिका वडा नं ११ खागीगाडा होमस्टेमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद—दुल्लुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै मगर समुदायका युवायुवती । तस्बिर ः हिक्मतबहादुर नेपाली, दुल्लु (दैलेख), रासस

Continue Reading