यातायात व्यवसायी तथा गाडि स्टाफहरुलाई महासंघको आह्वान।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नव निर्वाचित केन्द्रीय अध्यक्ष पुन्य प्रसाद सिटौला सरोजले ८ बुदे यातायात सुधारको योजना अघि सार्नु भएको छ। उहाले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक यातायात सुधारको प्रस्ताव गर्नु भएको छ। उहाले फेसबुकमा ८ वटा वुदा लेख्नु भएको छ।
अव हामीले पनि केहिन केहि सुधार गर्नै पर्छ, सवारी साधनबाट दैनिक धेरैको अनाकमा ज्यान गइरहेको छ ! धेरै जना घाईते भईरहेका छन !तपाईंलाई थाहाँ छ ? भन्दै अध्यक्ष सिटौला अघि लेख्नु हुन्छ
आदरणीय यातायात व्यवसायी तथा गाडी स्टाफ मित्रहरू :-
१. यात्रु चढाउनु अघि डिजेल-पेट्रोल , चार्जिङ् टायर, ब्रेक, स्टेरिङ लगायत सवारी साधनको राम्रोसँग जाँच गर्नुहोस्।
२. सवारी साधन हिँड्नु अघि यात्राको रुट, किलोमिटर, खाजा तथा खाना खाने स्थानबारे यात्रुलाई जानकारी गराउनुहोस्।
३. यात्रुसँग मिठो, सभ्य र नरम व्यवहार गर्नुहोस्। मिठो बोल्दैमा कोही सानो हुँदैन।
४. खाना खान सफा, स्वस्थ र राम्रो होटलमा मात्र रोक्नुहोस्।
५. सार्वजनिक सवारी साधनमा अशक्त, बिरामी तथा ज्येष्ठ नागरिक समेत यात्रा गरिरहेका हुन सक्छन्। आवश्यकताअनुसार समय–समयमा दिसापिसाबका लागि सवारी रोक्नुहोस्।
६. गीत वा क्यासेट बजाउँदा अरू यात्रुलाई असहज नहुने गरी मध्यम आवाजमा बजाउनुहोस्।
७. सवारी साधन चलाइरहेको अवस्थामा मोबाइल फोन प्रयोग नगर्नुहोस्। अत्यावश्यक परे सवारी सुरक्षित रूपमा रोकेर मात्र फोनमा कुरा गर्नुहोस्।
८. यात्रा गर्ने स्थान अनुसारको गाडी भाडादर सबै यात्रुले सजिलै देख्ने ठाउँमा स्पष्ट रूपमा राख्नुहोस्।
यी नियमहरूको पालना गरेमा मात्र हाम्रो सार्वजनिक सवारी साधन सुरक्षित, भरपर्दो र यात्रु मैत्री बन्नेछ। भन्दै अध्यक्ष सिटौलाले सार्वजनिक आह्वान गर्नु भएको छ।


