खेलकुद विकास समिति, पर्वतको अध्यक्षमा पुन नियुक्त

Featured खेलकुद गण्डकी प्रदेश समाचार

पर्वत । जिल्ला खेलकुद विकास समिति, पर्वतको अध्यक्षमा जंगबहादुर पुन(बुद्ध) मनोनित हुनुभएको छ भने समितिको उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन र कोषाध्यक्षमा जगत लामिछाने मनोनित हुनुभएको हो ।

गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुदमन्त्री माननीय विन्दु कुमार थापाको उपस्थितिमा खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले मनोनित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

सत्ता साझेदार नेकपा(एमाले) र नेपाली कांग्रेसको सहमति अनुसार पर्वतमा खेलकुद विकास समितिको अध्यक्ष र कोषाध्यक्ष पद एमालेको भागमा परेको थियो भने उपाध्यक्ष र सचिव पद कांग्रेसको भागमा परेको थियो ।

गण्डकी प्रदेशका एघार जिल्लामध्ये काँग्रेसले ६ जिल्लाहरु कास्की, मनाङ, स्याङ्जा, गोरखा, बागलुङ, म्याग्दीमा र एमालेले ५ जिल्लाहरु पर्वत, तनहुँ, लमजुङ, नवलपुर, मुस्ताङ जिल्लाहरुमा अध्यक्ष सहित कोषाध्यक्ष पाउने गरि भाग लगाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *