१० लाख ठगी फरार हुने व्यक्तिहरु पक्राउ

समाचार

मिति २०७५।०९।१७ गते दिनको १५:२० बजेको समयमा जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ चौहत्तरकिलो स्थित अरनिको राजमार्ग नजिक गोरेटो बाटोमा सुन बिक्री गर्ने वरवहाना बनाई नगद रु. दश लाख (१०,००,०००) रकम ठगी गरी फरार रहेको, सोही दिन १७:०० वजेको समयमा धरान जिल्ला वराह न.पा. वडा नं १ स्थायी घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा वडा नं ३२ घट्टकुलो वस्ने वर्ष २६ को निरज घिमिरेले दिएको निवेदनका आधारमा उक्त फरार भएका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक द्वारा खटाइएको विशेष टोलीले एक महिना पश्चात मिति २०७५/१०/२५ गते काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं १५ स्वयम्वु स्थितवाट उक्त घटनामा संलग्न ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा ठगि मुद्धामा अनुसन्धान तथा कानुनी कारवाही भइरहेको ।

पक्राउ पर्ने प्रतिवादीहरु:-
(क) जिल्ला सिन्धुपाल्चोक साविक गाति गा.वि.स वडा न.३ हाल वाह्रविसे न.पा. वडा न.५ काभ्रेटोल वस्ने प्रेम वहादुर तामाङ
(ख) ऐ.ऐ. वस्ने वर्ष २१ को आकाश भन्ने सिंग वहादुर तामाङ
(ग) ऐ.ऐ. वस्ने वर्ष २४ को साजन तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *