सडक महोत्सवमा कोमल ओली

गण्डकी प्रदेश तस्बिर पर्यटन समाचार

पोखरा पुस १४ गते ।

कोमल ओली पोखरा सडक महोत्सवको थुपै्र संस्करणहरुमा आइसकेकि कलाकार हुन् । यसअघि उनले धेरैपटक सडक महोत्सवको मञ्चबाट आफ्नों प्रस्तुती दिइसकेकि छन् । तर यसपटक भने उनको परिभाषा मात्रै लोकदोहोरी गायिक रहेन । उनी साँसद पनि हुन् । प्रतिनिधी सभा सदस्य भएपछि उनी पहिलो पटक मञ्चमा देखा परेकि हुन् । पोखरा सडक महोत्सवको मञ्चमा शनिबार उनले दर्शकहरुलाई मजाले नचाइन् । उनले आफु कलाकार भएकै कारण साँसद बनेको पनि प्रष्ट पारिन् ।

रेवान पोखराको आयोजनामा शुक्रबारदेखि शुरु भएको महोत्सवका शनिबार दिउसो कोमागाने पार्कमा स्थानिय लोकदोहोरी कलाकारहरुको प्रस्तुतीमा दर्शक रमेका थिए । त्यस्तै शनिबारनै डुंगा दौड प्रतियोगिता पनि सम्पन्न भएको छ ।

सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका साथ पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषा जगेर्ना गर्दै आन्तरिक एवम् बाह्य पर्यटक प्रबद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले आयोजीत महोत्सव पुस १७ गतेसम्म चल्नेछ । अवधिभर लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रलाई दुलही झै सिगारीएको छ । सो क्षेत्रमा सार्वजनिक सवारी आवागमन बन्द गरीएको छ ।

। अँग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आयोजित महोत्सव अवधिभर लेकसाइड क्षेत्रका १सय बढी रेष्टुरेण्ट तथा बारहरु सडकमै उतारेर सडकबाट सेवा दिनेछन् । महोत्सवमा झण्डै १अर्व भन्दाबढीको बढीको कारोबार हुने अनुमान आयोजकको रहेको छ ।

महोत्सवका प्रमुख आकर्षणहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको साँस्कृतीक कार्यक्रम, नेपालका लोपन्मुख साँस्कृतीक कार्यक्रम, अन्र्तराष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रमबारे रहेका छन ।

जनजातिहरुको साँस्कृतिक कार्यक्रमहरु, विभिन्न जिल्लाहरुका कला, सँस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीहरुको प्रदर्शन, लोकदोहोरी गीत प्रतियोगिता, ख्यातिप्राप्त पप ब्याण्डहरुको प्रस्तुति, बालउद्यान, विभिन्न पिङ, जादुगरलगायत महोत्सवका आकर्षण रहेको महोत्सव प्रचार संयोजक गणेश थापाले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *