विजेता खेलाडीलाई पुरस्कार

खेलकुद समाचार

काठमाडौँ, २१ माघ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युएइविरुद्धको एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा विजयी नेपाली खेलाडीलाई सम्मान गर्नुभएको छ ।

खेल सम्पन्न गरी आज स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गर्दै उहाँले २१ खेलाडीलाई प्रोत्साहनस्वरूप जनही १० हजारका दरले पुरस्कृत गर्नुभएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले खेलाडीलाई थप सफलता प्राप्त गर्न हौसलास्वरुप व्यक्तिगत रुपमा उक्त प्रोत्साहन रकम उपलब्ध गराउनुभएको बताइएको छ ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *