रैथाने धर्मको संरक्षणका लागि धार्मिक सहृदयता सम्मेलन

समाचार

काठमाडौँ, फागुन २७ गते । नेपालका मौलिक रैथाने धर्मको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आगामी चैत २ गते राजधानीमा आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपाल, सहृदयता समाज नेपाल र युुग निर्माण महिला समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

नेपालका मौलिक रैथाने धर्मलाई क्षति पुु¥याउने गरी भइरहेको धर्म परिवर्तनविरुद्ध स्वक्रियात्मक साझा रणनीति तयार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष डा निर्मलमणि अधिकारीले राससलाई बताउनुुभयो ।

सम्मेलनमा नेपालका मौलिक रैथाने धर्म हिन्दू, बौद्ध, किराँत, जैन र बोनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका विद्वानको सहभागिता रहनेछ । कार्यक्रममा विद्वानले कार्यपत्र प्रस्तुुत गर्ने तयारी भएको जनाइएको छ । गत वर्ष फागुुन ५ गते पहिलोपटक यो सम्मेलन आयोजना गरिएको थियो । सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *