महिलाबाट सामूहिक आलु तथा लसुन खेती

लुम्बिनी प्रदेश समाचार

रामपुर, १६ मङ्सिर

पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका छन् ।
पूर्वखोला–२ जल्पाको खान्तुङ खोलाको नजीकै ५४ रोपनी जग्गामा ५२ क्वीन्टल आलु तथा १०५ किलो लसुन रोपिएको समूहका अध्यक्ष चन्द्रिसरा रखालले जानकारी दिनुभयो । खाली रहेको जग्गाको सदुपयोग गरेर आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्नका निम्ति समूहका १५५ महिला लागेका छन् ।
कोही मल बोक्ने तथा कोही डल्ला फुटाउने गर्दा रमाइलो र सजिलोसमेत भएको महिलाले बताएका छन् । महिलाले पहिलो पटक पटक सामूहिक रुपमा खेती गर्दा निकै उत्साहित भएको वडाध्यक्ष नीरबहादुर सारुले बताउनुभयो । गाउँपालिकाले अनुदानमा बीउ वितरण गरेपछि गाउँपालिकाका हेक्लाङ, वीरकोट, सिलुवा रिङ्नेरह, तथा सिलुवाका विभिन्न स्थानमा समेत सामूहिक खेतीको अभियान शुरु भएको गाउँपालिकाले जनाएको छ ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *