प्रदेश सरकारको पूर्वसमीक्षा बैठक

समाचार

धनगढी, ९ मङ्सिर

\सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्राालय र अन्तर्गतका निकायको काम कारवाहीलाई युद्धस्तरमा अघि बढाउन सम्बन्धित पदाधिकारीलाई आज निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रालय र अन्तर्गतका निकायको आज बसेको बैठकमा पहिलो चौमासिक अवधिमा भएको कार्यप्रगति, देखिएका समस्या र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

बैठकमा दरबन्दीअनुसार कर्मचारीको व्यवस्थापन गर्न केन्द्रीय सरकारलाई अनुरोध गर्ने, मन्त्रालयले बनाउनुपर्ने आवश्यक कार्यविधि र नियमावली छिटो छरितो ढङ्गले तर्जुमा गर्ने लगायतका निर्णय गरिएको छ ।

प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजन भएको बजेटमध्ये पहिलो चौमासिक अवधिमा १.६६ प्रतिशत मात्र खर्च भएको छ । मन्त्रालय अन्तर्गतका निकायमा दरबन्दीअनुसार कर्मचारीको पूर्ति नहुँदा कार्य सम्पादन सोचेअनुसार अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत अहिलेसम्म कूल दरबन्दीको ४५ प्रतिशत कर्मचारीको मात्र पूर्ति भएको छ ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *