पुसको ५ देखि १६ गतेसम्म लेखनाथमा हुने महोत्सवको आवश्यक तयारी पूरा भएको छ ।

गण्डकी प्रदेश पर्यटन समाचार

लेखनाथ, ४ पुस ।

पुसको ५ देखि १६ गतेसम्म लेखनाथमा हुने महोत्सवको आवश्यक तयारी पूरा भएको छ ।

लेखनाथ उद्योग वाणिय संघको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ विहीवारदेखि १५ औं संस्करणको लेखनाथ महोत्सव हुन लागेको हो । महोत्सवको आवश्यक तयारी सबै पूरा भएका मंगलबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

सुन्तला महोत्सवबाट शुरु लेखनाथ महोत्सवले यस वर्ष फरक र भिन्नशैलीबाट गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटन विकासमा टेवा पु¥याउँदै एउटै थलोमा उत्पादकदेखि उपाभोक्तासम्म जमघट गराउने र उत्पादकत्व वृद्धि गर्दै बजारीकरणमा सहयोग पुग्ने उद्देश्य राखेको जनाइएको छ ।

करिब ५० रोपनी क्षेत्रफलको महोत्सवस्थलमा कृषि, औद्योगिक उत्पादन, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि, फुड एण्ड वेभरेज, घरेलु हस्तकला, बैंक तथा वित्तीय संस्थालगायका करिव ३ सय ५० स्टल राखिने संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए ।

प्रचारप्रसार संयोजक गोपिचन्द्र बास्तोलाले महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गर्ने र करिव १५ देखि २० करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको बताए ।

महोत्सवत्बाट करिब १ करोड २५ लाख आम्दानी हुने र बचत रकम महोत्सवस्थल परिसरमा कृषि उपज खरिद बिक्री केन्द्र निर्माण, प्रदर्शनीस्थलको स्तरोन्नति र अन्य सामाजिक क्षेत्रमा खर्च गरिने जनाइएको छ ।

महोत्सवका आकर्षणमा कविशिरोमणि लेखनाथ पौडेलको सम्मानमा देशव्यापी खुला कविता प्रतियोगिता, गायन विधाको गण्डकी तारा, कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी, रत्यौली गीत प्रतियोगिता, पप कन्सर्ट, विद्यालयस्तरीय नृत्य प्रतियोगितालगायतकाम इभेन्टहरु हुनेछन् ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव भरतकुमार अधिकारी, प्रचारप्रसार संयोजक गोपिचन्द्र बास्तोला र पत्रकार महासंघ कास्की शाखा सचिव रामप्रसाद तिमल्सेनालगायतले महोत्सव सफल पार्न सबैको साथ र सहयोगको आवश्यक रहेकोमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *