पलाञ्चोक उपत्यकाको अनैकोटमा लिच्छविकालिन बागेश्वरमन्जुश्रीको मुर्ति भेटिय!
हिजो काभ्रेपलान्चोकको जिल्लाको प्राचीन पलाञ्चोक उपत्यकाको अनेकोट कोट्याङ ठुलिचौरमा केही स्थानीय युवाले माटो खन्ने क्रममा लिच्छविकालिन १९ सय बर्ष पुरानो भन्दा पुरानो अनुमानित मुर्ति फेला पारेको पुष्टि भएको छ, नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कमा यो मुर्तिको चित्र अङ्कित भएको काभ्रेपलान्चोक पुरातत्त्व बचाउ अभियानका सयोजक श्रीकृष्ण धिमालले जानकारी दिदै भने यसको प्रमाण मसग पनि जिवित छ ,त्यो मुर्ति भेटिएको स्थानमा थप उत्खनन् नगर्ने स्थानीयलाई सादर अनुरोध गर्दै, काभ्रेपलान्चोक जिल्लाका सिडियो र पुरातत्त्व विभागलाइ जानकारी गराइएको धिमालले जानकारी दिएका छन सो मुर्ति भेटिएको स्थानमा आजै वा भोलि सम्म पुरातत्त्व विभागको टोलि पुग्ने जानकारी पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिएका छन! पुलिस प्रसासनले सो स्थान सिलबन्धि गरी जनप्रतिनिधि , वुद्वि जिवि , प्रहरी समेत राखि तुरुन्तै बहुमुल्य मुर्तीको सुरक्षा गर्ने आह्वान समेत धिमाले गरेका छन
#काभ्रेपलान्चोक_पुरातत्त्व_बचाउ_अभियान