नेपाली कांग्रेसका सांसद सिहंद्धारा सरकारको राजिनामा माग

राजनीति समाचार

काठमाण्डौ, १७ पौष ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाल वायुसेवा निगमको जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकारको राजीनामा माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले वाइडबडी खरिदमा भ्रष्टाचारको प्रमाण आफूसँग भएको दाबी सहित प्रधानमन्त्रीकै राजीनामा माग गर्नुभएको हो । विमान खरिदमा व्यापक भ्रष्टाचार भएको र सार्वजनिक खरिद ऐन पालना नगरिएको उहाको भनाइ छ ।

9सम्झौतामा २४२ टनको जहाज किन्ने भनेर २ सय ३० टनको जहाज आएको र त्यति क्षमता कम हुँदा विमानले ५० जना प्यासेन्जर बोक्न नसक्ने उहाले तर्क गर्नुभयो । सांसद सिंहले जहाज खरिदमा अनियमितता भएको प्रमाण आफूसँग रहेको र त्यो संसदलाई बुझाउने समेत चेतावनी दिनुभयो ।
बैठकमा सत्तारुढ दल नेकपाका सांसद पम्फा भुषालले कर्मचारी समायोजन अध्यादेश अवस्तुवादी अवैज्ञानिक भएको आरोप लगाउनुभयो । कर्मचारी समायोजन अध्यादेश ल्याउन पाउने अधिकार सरकारसंग भएपनि अध्यादेश अवस्तुवादी अवैज्ञानिक भएको उहाको भनाइ छ ।
त्यस्तै भुषालले अध्यादेशलाइ निजामती ऐनद्धारा प्रतिस्थापन गर्न सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *