२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको माघ २८ गतेको विशाल विरोध सभा नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले “सधै पशुपति गुहार्ने राजा विरेद्रको वंशनै नास भयो, ओलीकाो के होला ?” भनि दिएको अभिव्यक्ति सँगै नेपालमा रहेका राज तन्त्र र हिन्दु धर्म सम्रथकहरु माथि सिधा प्रहार भएको छ । सोहो बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले टुईट मार्फत खेद व्यक्त गरेका छन् । सोहि दिन गरेको टुईटमा केपी ओलीको विरोध गर्दा अमर्यादित र अनुचितढंगबाट श्रीपशुपतीनाथ र राजा बीरेन्द्र र राजा ज्ञानेन्द्रको प्रसंग जोडेको भन्दै खेद व्यक्त गरेका छन् ।
हिजोको कार्यक्रममा अपाङ्ग हरु लाई पनि होच्याई प्रधानमन्त्रि केपि वलि र सरकार लाई तुलना गरिएको भनि सभा मा नै अपाङ्गहरु ले आफ्नो भावना मञ्चमा पाठाएका थिए । सो भावना पढि पार्टि र वक्ता हरुको तर्फ बाट कार्यक्रमका सञ्चालकले माफि मागेका थिए।