नागरिकको स्वास्थ्य प्रति सम्बेदनशील हुनुपर्छः मन्त्री घिमिरे

कोशी प्रदेश समाचार

इटहरी, ११ मङ्सिर 

प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको हामी सबैले स्वीकार गर्नुपर्छ भन्नुभयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयले आज इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उहाँले नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच केही मतभिन्नता देखिए पनि क्रमशः त्यो हट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री धिमिरेले देशमा स्वास्थ्य उपचारको भौतिक पूर्वाधार त हामीले तयार ग¥यौँ तर रोग लाग्न नदिने उपायका विषयमा गम्भीर हुन सकेनौँ भन्दै अब रोग लाग्न नदिने विषयमा स्वास्थ्य क्षेत्रमा लागेका सबैले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सङ्घीय, प्रादेशिक र स्थानीय तह सबैले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

आन्तरिक मामिला मन्त्रालयका सचिव गोपाल पराजुलीले मानव स्वास्थ्यका क्षेत्रमा देखिएको समस्या न्यूनीकरणमा सम्बन्धीत सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव हरिप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो तीन दिने गोष्ठीमा मन्त्रालयका निर्देशक मोदराज डोटेलले प्रदेश नं १ को स्वास्थ्य अवस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सम्मान प्रदान

यसैगरी कवि एवं साहित्यकार डा बद्रीविशाल पोख्रेलले आफ्ना स्व माता हरिमाया पोख्रेलको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारबाट यो वर्ष भागवत वाचक पण्डित उमानाथ घिमिरेलाई प्रदान गर्ने भएको छ ।

पण्डित बद्रीविशाल पोख्रेलले विष्णुहरि घनश्याम प्रतिष्ठानको स्थापनासँगै रु ११ हजार नगद राशिको सो पुरस्कार उहाँलाई प्रदान गरिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *