धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको

पर्यटन समाचार

भीमदत्तनगर, ११ मङ्सिर 

कञ्चनपुरको उत्तरी क्षेत्र चुरेमा रहेको धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको छ । पर्याप्त प्रचारप्रसार हुन नसक्दा झिलमिला ताल ओझेलमा परेको छ ।

चुरे पहाडमा रहेको ताल सदरमुकाम महेन्द्रनगरदेखि करीब २५ किलोमिटरको दूरीमा पर्छ । एक किलोमिटर लम्बाइ र ३०० मिटर चौडाइ रहेको उक्त तालमा भक्तजन पूजाअर्चनाका लागि जाने गर्छन् । पहाडले घेरिएको ताल वर्षात्का बेला आउने बाढी पहिरोका कारण सङ्कटमा परेको छ । तालको क्षेत्र घटदै गएको छ । तालमा विभिन्न प्रजातिका माछासमेत पाइन्छन । घाम परे पानीको रङ्ग परिर्वतन हुने झिलमिलामा पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

भीमदत्त नगरपालिका–९ का लालबहादुर विष्ट प्रचारप्रसारका अभावका कारण ताल ओझेलमा परेको बताउनुहुन्छ । “सरकारी निकायको ध्यान संरक्षणतर्फ जान सकेन,” उहाँले भन्नुभयो, “झिलमिला ताल धार्मिक पर्यटनको महत्वपूर्ण स्थल हो ।” तालमा पूजाअर्चनाका लागि भारतीय भक्तजनसमेत आउने गरेका छन् ।

द्वापर युगमा १२ वर्ष बनवास र एक वर्ष गुप्तवास बस्ने क्रममा पाण्डवको बास महाभारत पर्वतमा भएको र त्यस बेला महाभारत पर्वतमा हिँड्दै गर्दा द्रोपतीलाई तिर्खा लागेर बाटोमा मुर्छित भएपछि पाण्डवले पानीको पाउन सकेनन् । पानी नभेट्टाएपछि अर्जुनले वाण हानेपछि पानी जम्मा भएर झिलमिला ताल बनेको किवदन्ती छ । अहिले झिलमिलासम्म सघन सहरी विकास कार्यक्रमअन्तर्गत सडक निर्माण अघि बढाइएको छ । वन विभागले वातावरणीय प्रभाव मूल्याङ्कन गर्न गरेको ढिलाइका कारण केही समय सडक निर्माण प्रभावित भएको हो ।

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन ताराकोटमा चालु आर्थिक वर्षमा पाँच तले भ्यूटावर निर्माण थालिने बताउनुभयो । गुरुयोजना बनाएर ताल संरक्षणका लागि कार्यक्रम अगाडि बढाइएको छ

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *