दुर्घटनामा एक जनाको मृत्यु

लुम्बिनी प्रदेश समाचार

बेझाड, १८ मङ्सिर 

तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिनुभयो । मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *