डिजेल बरामद

समाचार

गौशाला, १२ मङ्सिर

महोत्तरी प्रहरीले जिल्लाको सम्सी बजारमा अवैध रुपमा बिक्री वितरणका लागि राखिएको ६०० लिटर डिजेल बरामद गरेको छ ।

आधिकारिक रुपमा पेट्रोल पम्पमा बिक्रीवितरण हुने डिजेल कालोबजारी गरी महङ्गो मूल्यमा बेच्ने उद्देश्यले बजारमा राखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय महोत्तरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले ६०० लिटर डिजल सम्सी बजारबाट बरामद गरेको हो ।

पेट्रोल पम्पमा अभाव रहेको बेलामा कालोबजारी गरी चर्को मूल्यमा बेच्ने उद्देश्यका साथ बजारमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरी प्रशासनसहितको बजार अनुगमन टोलीले सो डिजेल बरामद गरेको हो ।

अनुगमन टोलीले बरामद गरेको सो डिजल आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *