ठूलो परिमाणमा अवैध कपडा बरामद

समाचार

प्रहरीको टोलीले सिरहाको महेशबारीबाट रु तीन लाखभन्दा बढी मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको टोलीले भन्सार छलेर ल्याउँदै गरेका अवस्थामा बच्चाको ज्याकेट १०९ थान, टिसर्ट, कुर्ता, टोपी, पञ्जा, सुइटर, मौजालगायत रु तीन लाख पाँच हजारभन्दा बढी मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।

बरामद भएका सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *