जेसिआई पोखराको Incient Leadership In Todays Era विषयक तालिम सम्पन्न

आज को बिचार गण्डकी प्रदेश समाचार

पोखरा, २१ मंसिर ।
जेसिआई नेपाल एरिया बि अन्तगत तालिम सप्ताहको छैँठौ कार्यक्रम जेसिआई पोखरा शाखाका जेसि सदस्यहरुलाई प्रदान गरिएको छ ।
Incient Leadership In Todays Era विषयक तालिममा प्रशिक्षण प्रदान गर्दै मुख्य प्रशिक्षक क्ष्लInternational Society For Krishna Consciosness का उपाध्यक्ष प्रमेश्वभारा अच्युत दासले लक्ष्य प्राप्तका लागी सवल नेतृत्वमा जोड दिनुभयो ।साथै उहाँले व्यक्तिको जिवनलाई सवल र सक्षम बनाउनका लागी नेतृत्वदायी भुमिका आवाश्यक पर्ने बताउनुभयो । नेतृत्व, व्यक्तित्व विकासको चरम रुप भएको बताउनु भएका उहाँले आत्मविश्वा वृद्धिमा समेत जोडल दिनुभयो ।कार्यक्रममा बोल्दै जेसिआई नेपाल वर्ष २०१८ का राष्ट्रिय तालिम आयुक्त अनिल बहादुर शाहिले मानव जिवनमा सिकाईका लागी तालिम अपरिहार्य रहेको उल्लेख गर्नुभयो । साथै उहाँले जेसिआई नेपाललाई सिकाईको पाठशालाका रुपमा उल्लेख गर्नुभयो ।

जेसिआई पोखराका निवर्तमान अध्यक्ष शिव कोईरालाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले वर्ष २०१८ मा जेसिआई नेपालले सदस्यहरुलाई थुप्रै जिवनपयोगी तालिमहरु प्रदान गरेको बताउनुभयो ।


जेसिआई पोखरा वर्ष २०१८ का अध्यक्ष शिव सुवेदीले जेसिआई सदस्यहरुलाई जिवनको सिकाई यात्रालाई जारी राख्दै जिवनलाई थप सार्थकता प्रदान गर्न सुझाउनुभयो ।


कार्यक्रममा जेसिआई पोखरा वर्ष २०१८ का तालिम आयुक्त प्रकाश घिमिरे, संयोजक निराकर सिग्देल लगायतले बोल्नुभएको उक्त कार्यक्रमको संचालन महासचिव गणेश गिरीले गनुभएको थियो ।


तालिममा जेसिआई पोखराका दर्जनौ सदस्यहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुले तालिम फलदायी भएको बताएका छन् । जेसिआई नेपालको ४५ औ राष्ट्रिय महाधिवेसन यहि डिसेम्बर २२ देखी २५ सम्म जनकपुरमा हुदैछ ।

source:googlepokhara

Leave a Reply

Your email address will not be published. Required fields are marked *