एम्नेष्टीद्वारा सञ्चालित विद्यालयमा मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश समाचार

२०७५। ०९।१८
एम्नेष्टी इन्टरनेशनलको विश्वब्यापी अभियान “विद्यालयस्तरमा मानव अधिकार शिक्षा” कार्यक्रमलाई एम्नेष्टी ईन्टरनेशनल नेपाल शाखा अन्तर्गत रहेका एम्नेष्टी ईन्टरनेशनल नेपाल शिक्षक तथा सामाजीक कार्यकर्त समूह–८२ र एम्नेष्टी इन्टरनेशनल बाराही युथ नेटवर्कले कास्की जिल्लामा रहेका विभिन्न विद्यालयमा कक्षा ६ देखी १२ सम्म अध्ययनरत करिव ११०० जाना विद्यार्थीलाई मानव अधिकार बारे सचेतना मुलक कार्यक्रम सञ्चालन गरि कार्यक्रमको समापन गरेका छन् । शान्ति निकुञ्ज मा. वि. बाट शुरु भएको उक्त कार्यक्रम, क्रमश बाराहि मा. वि. मालेपाटन एक्स आर्मी सेकेण्डरी स्कुल विरौटा, डिज्नील्याण्ड एकेडेमी मासबार, श्री कृष्ण मा.वि. मासबार, पार्दि मा.वि. मुस्ताङ्ग चोक, छोरेपाटन मा.वि. छोरेपाटन, लक्ष्मी आदर्श मा.वि. लेखनाथ शिशुवामा गई उक्त कार्यक्रमको समापन भएको थियो । उक्र कार्यक्रममा विद्यार्थीलाई मानव अधिकार, बाल अधिकार, नेपालको संविधान २०७२ मा रहेका मौलिक हक, मानव अधिकारको विश्वब्यापी घोषणा पत्रमा उल्लेखित हक तथा अधिकारका साथै महिला हिंसा , बलत्कार, लगायत, बालबालीकाले राज्य तथा परिवार, समाजबाट पाउन पर्ने अधिकार, हकका बारेमा विद्यार्थीलाई बुझाइएको थियो । साथै नागरिकको कर्तब्यबारे पनि चर्चा गरिएको थियो । संसारभर नै सञ्चालन गरिएको यस अभियानले बालबालिकालाई आफ्नो अधिकारको खोजी तथा समाजमा देखिएका कुनै पनि विभेदका पक्षमा आवाज उठाउन प्रेरीत गरिएको थियो । कार्यक्रममा नेपालमा क्रियाशिल मानवअधिकार संग सम्बन्धित आयोग तथा संस्था बारे जानकारी गराईएको थियो । साथै एम्नेष्टीको जन्मदेखी हाल सम्म भई रहेका अभियान बारे समेत जानकारी गराइएको थियो । यसरी सञ्चालन भएको कार्यक्रममा समूह–८२ तथा युथ नेटवर्क को तर्फबाट टंकप्रसाद भण्डारी,बसन्त सुवेदी, रमेशप्रसाद बराल,रिजन ढुङ्गाना, मौसम छिनाल, अश्विन कार्की, लगायतले सहजिकरण गरेका थिए । करिव ३ महिना संचालन भएको उक्र कार्यक्रम यहि २०१८ को डिसेम्बर महिनामा सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *