रास्कोट सामुदायिक अस्पताल निर्माणको महाअभियानको नेतृत्व गरिरहेका रवि लामिछाने ज्युले सप्तरीको तिलाठीमा बाढीबाट विस्थापित हुन पुगेका मुशहर बस्ति बाट राष्ट्रसेवाको आफ्नो अभिभारा पूरा गर्न दुर्गम कालिकोट चढ्नुभएको छ । आउनुहोस् , सँगै काम गरौँ । रास्कोट सामुदायिक अस्पताल निर्माणमा रवि लामिछानेसँगै हामी पनि जुटौँ ।
रास्कोट सामुदायिक अस्पताल निर्माणको लागि ताम्राकार मोबाईल ब्यापार संघको तर्फबाट रु:२,००,००० (दुई लाख) सहयोग प्रदान गरियको छ (Tamrakar Complex Pako, Newroad ) तथा ब्यापार संघ का अध्यक्ष जगत साउद ले मोबाईल ब्यबशायी तथा सबैलाई यस सामाजिक कार्यका लागि सहयोग गर्न आगह्र गर्नु भयो
१५ शैयाको डिजिटल अस्पताल निर्माणका लागि रास्कोटको गौंतुकोटको जग्गा ४० बर्षका लागि भाडामा लिई भवन निर्माणको सम्झौता भइसकेको छ भने तत्काल अस्पताल सञ्चालनका लागि आयूर्बेद अस्पतालको भवन पनि भाडामा लगिएको अध्यक्ष सिम्खाडाको भनाइछ । अध्यक्ष सिम्खाडाका अनुसार कार्यसमितिका पदाधिकारीहरुले १÷१ लाख रकम उठाई १० लाख, अभियानका नेतृत्वकर्ता पत्रकार रबि लामिछानेले हाल सम्म ३१ लाख जम्मा गरेको, प्रदेश सरकारबाट ७ लाख, रास्कोट नगरपालिकाबाट २० लाख रकम जम्मा भएको छ भने भवन र उपकरण सहित अस्पताल सञ्चालन गर्दा सम्म ७ करोड, ५० लाखको लगानी लाग्ने अनुमान गरिएको छ ।
दक्षिण यसियाकै नमूना सामुदायिक अस्पताल निर्माण हुने भनिएको अस्पतालमा कागजको प्रयोग नहुने, सबै काम कार्ड बाट गरिने छ । अस्पतालका लागि आबस्यक उपकरणको खरिद प्रक्रिया थालनी भइसकेको जानकारी दिदै अध्यक्ष सिम्खाडाले पौष महिनाको पहिलो साताबाट सेवा सुचारु हुने जानकारी दिनुभयो ।
अस्पताल निर्माण भएसँगै कालीकोट र छिमेकि बाजुरा जिल्लाका स्थानियवासीले समेत सेवा पाउने अपेक्षा गरिएको छ ।