अबैध हुन्डि कारोबार २ जना पक्राउ :

गण्डकी प्रदेश समाचार समाज

पोखरा महानगरपालिका बडा नं ८ सभागृह चोक स्थित लुम्बिनि मनिट्रान्सफरमा अबैध तरिकाले हुन्डि कारोबार भएको पाएको छ
४ नं प्रदेश प्रहरी कार्यालय प्रदेश अनुसन्धान समुह (SIT)पोखराबाट तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त मनिट्रान्सफरमा गई बुझ्दा हङकङ देशबाट बिभिन्न ब्यक्तिको नाम राखी अबैध रुपमा रकम आएको पुष्टि भएपछि उक्त मनिट्रान्सफरका सन्चालक तथा कर्मचारीलाई, १ थान कम्प्यूटर र अबैध रुपमा आएको नगद रु. १,५०,०००।( सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका बडा नं ५ मालेपाटन बस्ने ५३ बर्षका नेत्रलाल नेत्रलाल ज्ञवाली , पोखरा महानगरपालिका बडा नं २ बिन्दवासिनि बस्ने बर्ष ३० को प्रकाश थापा रहेका छन् .

Leave a Reply

Your email address will not be published. Required fields are marked *