यूक्रेन द्वन्द्वलाई लिएर रूसमाथि थप प्रतिबन्ध लगाइने : इयू

प्रवास समाचार

बर्लिन, जर्मनी, ११ मङ्सिर

पछिल्ला केही दिन यत यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गर्नुभएका करिन नेइसलले सञ्चारकर्मीसँग बताउनुभयो ।

“सम्भवत यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा बिषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ,” उहाँले बताउनुभयो ।

अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसले आफ्ना जर्मनेली समकक्षी हेइको माससँगको कुराकानीपछिसञ्चारकर्मीसँग भन्नुभयो, सबैकुरा दुबैतर्फबाट आगामी दिनमा हुने गतिविधिहरूमा निर्भर रहनेछ । “तर प्रतिबन्धबारे पुनः मुल्याङ्कन हुनु पर्ने देखिएको छ ।”

रूस र यूक्रेनबीच पछिल्ला केही दिन यता नौसैनिक जहाजका बिषयलाई लिएर द्वन्द्व चर्किएको छ ।

(रासस÷एएफपी) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *